सप्तरी गोलीकाण्ड : सदरमुकाम राजविराज तनावग्रस्त
बुधबार, २१ साउन २०८२, १६ : ०९
सारांश
- सप्तरीको राजगढमा प्रहरीको गोलीबाट लालु यादवको मृत्यु भएपछि राजविराज तनावग्रस्त बनेको छ।
- घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।
- प्रहरीले प्रदर्शनकारीलाई लखेटे पनि उनीहरूले सडक अवरुद्ध पारेर प्रदर्शन जारी राखेका छन्।
सप्तरी । सप्तरीको राजगढमा गएराति प्रहरीको गोलीबाट मृत्यु भएका लालु यादवको विषयलाइ लिएर सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि अहिले राजविराज तनावग्रस्त बनेको हो ।
उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको जनाइएको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै राजविराजको मुख्य सडक अवरुद्ध पारेका छन् ।
विहानदेखि नै प्रहरी गेट अगाडि नै प्रदर्शनमा उत्रिएपछि प्रहरीले अहिले लखेटेर धपाएको जनाइएको छ । यद्यपि, आन्दोलनकारी अहिले पनि सडकमै प्रदर्शन गरिएको स्थानीयले बताएका छन् ।
गए राति प्रहरीले चलाएको गोलीबाट राजगढ गाउँपालिका–२ निवासी लालु यादवको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण