नारायणकाजी श्रेष्ठ र विप्लवबिच भेटवार्ता
बुधबार, २१ साउन २०८२, १६ : १७
सारांश
- वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता भयो।
- भेटमा समसामयिक राजनीति, पार्टी एकता र माओवादीको निर्णयबारे छलफल भयो।
- माओवादीको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीवनमा करिब एक घण्टा भेट भएको विप्लवको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दुई नेताबिच समसामयिक राजनीति, पार्टी एकता सम्बन्धमा माओवादी स्थायी समिति बैठकले गरेको निर्णय लगायत विषयमा छलफल भएको छ ।
माओवादीको भर्खर सम्पन्न स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले भदौको तेस्रो हप्ता बस्ने केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण