असन्तुष्टिहरूमा टेकेर जनतामा भ्रम छरियो : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पछिल्लो समय केही असन्तुष्टिहरूमा टेकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभामा बास्कोटाले यस्तो बताएका हुन् ।
'जनता नै मालिक हुने यस व्यवस्थामा केही कमजोरीका बाबजुद पनि धेरै प्रगतिका मानकहरू सिर्जना भएका छन्,' उनले भने ।
पारदर्शी लोकतान्त्रिक समाजलाई सुदृढ बनाउनुपर्ने, अझ बलशाली बनाउनुपर्ने कुरालाई बिर्सिएर केही असन्तुष्टिहरूमा टेकेर सत्यको जगमा तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप, प्रत्यारोप छट्पटी र आक्रोश देशको पछिल्लो बिम्ब भएको उनको भनाइ छ । यसलाई नियन्त्रण गर्न जरुरी भएको उनले बताए ।
अहिले क्रमशः क्रान्ति र परिवर्तनका सूचकहरूको विश्वास धर्मराउने, मुर्झाउने र क्रमशः घृणावाद, लोकप्रियतावाद फस्टाउने गरेको उनको आरोप छ ।
यसले चलाखीपूर्ण ढङ्गले जनताका सपनाहरूको चोरी, डकैती गर्न खोजेको उनले बताए । यस्तै बास्कोटाले राजावादीहरूप्रति लक्षित गर्दै मरणासन्न हुँदै गएको नवउदारवाद, इतिहासले कुनामा फालिदिएको सामन्तवादको नयाँ मिसिनरीका रूपमा केही मान्छेले समाजलाई भड्काउने काम गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण