मनाङ प्रदेशसभा ‘ख’को उपनिर्वाचन अनिश्चित
सारांश
- सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदा गण्डकी प्रदेशको उपनिर्वाचन अनिश्चित भएको छ।
- निर्वाचन आयोगले मनाङ प्रदेश सभा सदस्यको उपनिर्वाचन कात्तिक १७ मा गर्ने तयारी गरेको थियो।
- दीपक मनाङे पद मुक्त भएपछि मनाङ १(२) मा प्रदेश सभा सदस्य पद रिक्त भएको हो।
काठमाडौँ । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदा गण्डकी प्रदेशमा रिक्त भएको प्रदेशसभा सदस्य पदको उपनिर्वाचन अनिश्चित भएको छ । यसअघि निर्वाचन आयोगले रुपन्देही ३ मा प्रतिनिधिसभा सदस्य र मनाङ प्रदेश सभा सदस्य एक/एक गरी दुई क्षेत्रमा कात्तिक १७ मा निर्वाचन हुने जनाएको थियो । तर आयोगले निर्वाचन मिति घोषणा गर्दासम्म पनि अदालतको फैसला नआएपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मात्रै मिति घोषणा गरेको हो ।
आयोगले अदालतको फैसला आए सोही मितिमा उपनिर्वाचन गर्न सकिने जनाएको थियो । उपनिर्वाचनका लागि बुधबारबाट दल दर्ता सुरु भैसकेको छ । सर्वोच्चको संवैधानिक इजलासले गण्डकी प्रदेश सभाको मनाङ १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे भन्ने राजीव गुरुङलाई पद मुक्त गरेपछि सो पद रिक्त हुन गएको हो ।
तर आयोगलाई सो विषयमा औपचारिक जानकारी अहिलेसम्म नआएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । ‘फैसलाको पूर्णपाठ नआएकाले अब कात्तिक १७ मा मनाङमा हुने भनिएको उपनिर्वाचन अनिश्चित जस्तै देखियो’, भण्डारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण