४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी वेश स्थापना
सारांश
- सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ।
- कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि बेस स्थापना गरिएको छ।
- मनसुनको विपद्बाट नागरिकको उद्धारका लागि जोखिमयुक्त क्षेत्रमा बेस राखिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित ४१ ठाउँमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको छ ।
कोशी प्रदेशस्थित मोरङ्गको बखरी र ओखलढुंगाको हर्कपुरमा वेश स्थापना गरिएको छ । मधेस प्रदेशको भारदह र बसाइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा र रौतहटको फतुवामा बेस स्थापना गरिएको छ ।
त्यस्तै बाराको तेलकुवा र कलैया तथा पर्साको पोखरीयामा बेस स्थापना गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । बागमतीस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानिटार, चितवनको भालढुंगा, दोलखाको लिङ्कन बजार र सिगंटी तथा रसुवाको तातोपानीमा वेश स्थापना गरिएको छ ।
त्यस्तै गण्डकी प्रदेश अन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूरपश्चिम प्रदेशस्थित कैलालीको खानी डाडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ ।
मनसुनको कारण सम्भावित विपदबाट नागरिकहरूको उद्धार कार्यमा सहज होस् भनेर जोखिमयुक्त क्षेत्रमा बेस स्थापना गरिएको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण