चक्रे मिलनको योजनामा एक वर्षअघि भक्तपुरमा युवकमाथि खुकुरी प्रहार
सारांश
- गुन्डा नाइके चक्रे मिलन सार्वजनिक हित विरुद्धको कसुरमा पक्राउ परेका छन्, उनको समूहका १८ जना पनि थुनामा छन्।
- २०५० सालदेखि गुण्डागर्दीमा संलग्न चक्रे मिलनलाई भक्तपुरमा स्कर्टिङ र जन्मदिनको नाममा हो–हल्ला गरेको आरोप लागेको छ।
- अनुसन्धानका क्रममा चक्रेले मनिष रायमाझीमाथि खुकुरी प्रहार गर्न अजित खवासलाई परिचालन गरेको खुलेको छ।
काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सार्वजनिक हित विरुद्धको कसुरमा थुनामा छन् । साउन १५ मा महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे मात्रै होइन उनको समूहका थप १८ जनामाथि प्रहरीले थुनेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई भद्रकालीस्थित काठमाडौँ परिसरमा राखिएको छ ।
गोरखा छोप्राक घर भएका चक्रे २०५० सालदेखि गुण्डागर्दीमा छन् । पछिल्लो समय उनी २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर स्कर्टिङ गराएर हिँडेको र जन्मदिन मनाउने नाममा हो–हल्ला गरेको आरोपमा अहिले उनी पक्राउ परेका हुन् ।
अनुसन्धानको क्रममा उनले एक वर्षअघि भक्तपुरमा अर्को कसुर पनि गरेको भेटिएको छ । २०८१ भदौ १० मा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । उनले भने– ‘उनको वतन नखुलेको अवस्थामा जाहेरी दर्ता भएको रहेछ, पीडितबाट सनाखत गराएर अनुसन्धान अघि बढाउँछौँ ।’
चक्रेबिरुद्ध प्रहरी वृत्त थिमीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाएको छ । चक्रेले योजना बनाएर दिव्यश्वरी टाउन प्लानिङस्थित बड्डाको तावामा रायमाझीमाथि खुकुरी प्रहार गर्न अजित खवासलाई परिचालन गरेको आरोप छ ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । पीडितले त्यसबेला दिएको जाहेरीमा चक्रेको नाम उल्लेख गरिएको थियो । तर, वतन नखुलेपछि उनी अनुसन्धानको दायरामा आएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण