मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा खोजी कार्य सुरु

बिहीबार, २२ साउन २०८२, ०८ : १२
बिहीबार, २२ साउन २०८२

काठमाडौँ । साउन २१ गते (हिजो) साँझ कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ । 

स्याङ्जाको  गल्याङ्ग नगरपालिका–५ सेतिवेणी स्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेकोमा उक्त सामान सोही  जिल्ला कालीगण्डकी गाउँपालिका–४ विर्घा बस्ने वर्ष २७ कि श्यामकला पाण्डे र निजको छोरा वर्ष ६ को अर्पित पाण्डेको रहेको बुझिन आएपछि खोजी कार्य थालिएको हो ।

उनीहरू सम्पर्कमा समेत नरहेकोले कालीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशङ्कामा आज बिहानै देखि सशस्त्र प्रहरी बल नेपाल  नं.३० गुल्म स्याङ्जाबाट सशस्त्र प्रहरी निरीक्षकको  कमान्डमा  सुरक्षा फौज  परिचालन गरी खोजी कार्य सुरु गरिएको हो ।

बेपत्ता आशङ्का गरिएकाको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप