काठमाडौँ र झापामा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
सारांश
- काठमाडौँ र झापामा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।
- काठमाडौँमा दुई स्थान र झापाको बिर्तामोडमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
- प्रहरीले उनीहरूको साथबाट नगद र तास बरामद गरेको छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ र झापा मा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट रानीवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपलिका-१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका-१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
उता, झापाको बिर्तामोड नगरपालिका-५ स्थित गोपाल श्रेष्ठको चिया/नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ धिमाल चोक बस्ने इलाम घर भएका ३८ वर्षीय तीर्थराज तामाङ समेत ८ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण