नेपाली चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक
बिहीबार, २२ साउन २०८२, १३ : ४३
सारांश
- भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भयो।
- क्युएफएक्स सिभिल मलमा एक समारोहको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको थियो।
- केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ।
काठमाडौँ । भदौ ६ गते देखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार क्युएफएक्स सिभिल मलमा एक समारोहको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
मुनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित सो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको छ ।
यसैगरी फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको पनि अभिनय छ ।
नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण