शिक्षामा बजेटको २० प्रतिशत लगानी गरिए विदेशी विद्यार्थी नेपाल आउँछन् : प्रचण्ड
बिहीबार, २२ साउन २०८२, १५ : ३७
सारांश
- प्रचण्डले शिक्षा क्षेत्रमा बजेट बढाएर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्नुपर्ने बताए।
- उनले शिक्षामा २० प्रतिशत बजेट लगानी गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिए।
- अखिल क्रान्तिकारीको शैक्षिक बहसमा प्रचण्डले रोजगारी सिर्जना गर्ने शिक्षा नीति बनाउनुपर्ने बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले विदेशी विद्यार्थीहरू नेपाल पढ्न आउने गरी शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक बहसमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यले आँट गर्ने हो भने शिक्षामा बजेटको २० प्रतिशत लगानी गरेर नेपाली विद्यार्थी विदेश जाने नभई विदेशी विद्यार्थी नेपालमा पढ्न आउने वातावरण बनाउनुपर्ने बताएका हुन् ।
‘रोजगारी सिर्जना गर्ने शिक्षा नीतिको विकास गर्नुपर्छ देशभित्रै उच्च र गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण गर्नुपर्छ’, उनले भने, ‘बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने हो भने विदेशी विद्यार्थी नेपालमा आउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण