एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात, नेपाल बन्यो खुद निर्यातकर्ता
सारांश
- गत आर्थिक वर्षमा नेपालले भारत र बङ्गलादेशमा १७ अर्बभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
- नेपालले भारतमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ भने बंगलादेशमा पनि निर्यात सुरु गरेको छ।
- ऊर्जामन्त्रीका अनुसार यो उपलब्धि ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा हो।
काठमाडौँ। गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ । नेपालले गत वर्ष वैदेशिक बजारमा विद्युत् निर्यात बढाउँदा एक वर्षमै साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले आव २०८१/०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात गरेको जनाएको छ । त्यस्तै, भारत पछि बङ्गलादेशमा पनि गत वर्ष २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको प्राधिकरणले जनाएको छ । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि भएको ऊर्जा मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले भारतमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो ।
त्यस्तै, नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बङ्गलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बङ्गलादेशसम्म निर्यात भइरहेको छ । गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
विगतको तुलनामा पछिल्लो समय नेपालमा भारतबाट विद्युत् आयातको परिमाण क्रमशः घट्दै गएको ऊर्जा मन्त्री दीपक खड्काले बताए । उनले विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको उल्लेख गरे । मन्त्री खड्काले नेपाललाई खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको बताए ।
विद्युत् निर्यातको यो सञ्जाल भारतमा सीमित नभएर गत वर्ष देखि बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात हुँदै आएको छ । बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ ।
भारत, बङ्गलादेश र नेपालबिचको त्रिपक्षीय सहकार्य, राजनीतिक समझदारी र प्राविधिक तयारी मन्त्री खड्काको संयोजकत्वमा तीव्र गतिमा अगाडि बढाइएको थियो। भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडमार्फत बङ्गलादेशसम्म बिजुली पुर्याउने रणनीति पनि यो नेतृत्वकै दूरदर्शी पहलको सन्दर्भमा मूल्याङ्कन गर्न सकिन्छ।
वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात भइरहेको छ । भारतमा एनभीभीएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भइरहेको छ।
ऊर्जामन्त्री खड्काले नेपाललाई ऊर्जामा आत्मनिर्भर देश बनाउने मात्र नभई ऊर्जा कूटनीतिको क्षेत्रमा पनि अग्रणी बनाउने दिशामा लैजाने बताए । मन्त्री खड्काले नेपाललाई विद्युत् निर्यातकर्ता देशको रुपमा चिनाउन योगदान दिलाउने यात्रामा प्रत्यक्ष अप्रत्यक्ष सबैको सहयोग रहेको समेत बताए । नेपाललाई ऊर्जाको माध्यमबाटै समृद्ध मुलुक बनाउने यात्रामा एकजुट हुन उनले सबैलाई आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण