शिक्षकको कार्यसम्पादन मूल्याङ्कन औसत ९० बाट ८० प्रतिशतमा झार्ने प्रस्ताव शिक्षा समितिबाट पारित
सारांश
- प्रतिनिधिसभा समितिले शिक्षकको कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतमा झार्ने प्रस्ताव पारित गर्यो।
- शिक्षा मन्त्रालयको प्रस्तावअनुसार, विद्यालय शिक्षा विधेयक परिमार्जन गरी नयाँ व्यवस्था लागू गरिनेछ।
- अघिल्लो प्रतिवेदनमा ९० प्रतिशत रहेको कार्यसम्पादन मूल्याङ्कन अब ८० प्रतिशत हुनेछ।
काठमाडौँ । शिक्षकको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशतबाट ८० प्रतिशतमा झार्ने प्रस्ताव प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ । समितिको बिहीबार सिंहदरबारस्थित सचिवालयमा बसेको बैठकमा शिक्षा ता विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव समितिले पारित गरेको हो ।
मन्त्रालयका सचिव चूडामणि पौडेलले ‘विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनका सम्बन्धमा मन्त्रालयबाट प्राप्त पछिल्लो सुझाव’ शीर्षकमा पेस गरेको प्रस्ताव समितिले पारित गरेको हो ।
विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमा भएको व्यवस्थालाई परिमार्जन गर्दै ८० प्रतिशत बनाउन सचिव पौडेलले राखेको प्रस्ताव समितिले पारित गरेको हो ।
‘शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औसतमा नब्बे प्रतिशत भनी विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमा भएको व्यवस्थालाई परिमार्जन गरी असी प्रतिशत गर्ने,’ मन्त्रालयले गरेको प्रस्तावमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण