‘युरो ६’ मापदण्ड बाहेकका गाडी आयात गर्न रोक
सारांश
- नेपाल राष्ट्र बैंकले युरो-६ मापदण्ड नभएका सवारी साधनको आयात बन्द गरेको छ।
- वन तथा वातावरण मन्त्रालयले राजपत्रमा नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ ल्याएको थियो, जसले नेपालमा युरो ६ मापदण्ड लागु गर्यो।
- यस मापदण्डले कम धुवाँ फाल्ने र इन्धन खपत कम गर्ने सवारी साधनलाई प्रोत्साहन गर्छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले युरो–६ मापदण्ड नभएका सवारी साधनको आयात बन्द गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी निर्देशनमा संशोधन गर्दै यस्तो गाडी मात्रै आयात अनुमति दिएको हो ।
असार ९ गते वन तथा वातावरण मन्त्रालयले राजपत्रमा प्रकाशित गरी नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ ल्याएको थियो । योसँगै नेपालमा युरो ६ मापदण्ड लागु भएको थियो ।
राष्ट्र बैंकले बिहीबार गरेको परिपत्रमा भनिएको छ, ‘रिकण्डिसन, प्रयोग भइसकेको वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन ।’
यसअघि यो वाक्यांशमा ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने’ भन्ने वाक्यांश थिएन ।
यो मापदण्ड नेपालमा उत्पादन, एसेम्बल वा पैठारी हुने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा हलुका चार पाङ्ग्रे लघु सवारी साधन, कम्तीमा चार पाङ्ग्रा भएको सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न पैठारी गरिने पार्टपूर्जाको हकमा लागू हुँदै आएको छ ।
ट्र्याक्टर, पावर टिलर तथा डोजर, क्रेन, रोलर, एक्सक्याभेटर जस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीमा यो मापदण्ड लागु नहुने व्यवस्था गरिएको छ ।
अहिले लागु भएको दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे लघु सवारी साधनको हकमा अब युरो–५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनको हकमा अब युरो–६ मापदण्ड बमोजिमको प्रदूषण परीक्षण विधि मात्रै मान्य हुनेछ ।
यो परीक्षण विधि युरोपका लागि संयुक्त राष्ट्र सङ्घीय वित्त आयोग बाट सिफारिस भएको समानस्तरको परीक्षण विधिलाई यस मापदण्डको परिपालना सम्बन्धी परीक्षण प्रयोजनका लागि मान्यता दिइने गरेको छ ।
यो मापदण्ड कायम गर्ने सवारी साधनले कम धुवाँ फाल्ने गर्दछ भने इन्धनको खपत पनि कम हुने गर्दछ । भारतमा यस अघि नै युरो ६ लाई भारत ६ भनेर लागु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण