क्यानडा उड्नै लागेका खेम सेन्चुरीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
बिहीबार, २२ साउन २०८२, २१ : २५
काठमाडौँ । लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ । एक महिने साङ्गीतिक यात्राको लागि बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको स्वास्थ्यमा समस्या आएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी त्रिभुवन विमानस्थलबाटै केएमसी अस्पताल भर्ना भएका गायक मोहन खड्काले जानकारी दिए । खड्काका अनुसार सेन्चुरीको पेटमा समस्या आएको छ ।
अस्पतालमा रहेका खड्काले रातोपाटीसँग भने,'गायक खेम सेन्चुरी आजै क्यानडा जाँदै हुनुहुन्थ्यो । बोर्डिङ पास भइसकेपछि समस्या भएको हो । किड्नीमा स्टोन खस्दाखेरी पीडा हुने रहेछ, त्यही भएको हो । मेडिसिन चलाउने कि अप्रेसन गर्ने भन्नेबारे भोलि थाहा हुन्छ ।'
क्यानडामा सबैभन्दा ठुलो हिमालयन मेलामा सहभागी हुन गायक सेन्चुरी त्यसतर्फ जान लागेका थिए । उक्त कार्यक्रम यही अगष्ट ९ तारिखमा हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण