बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको ट्यारिफ युद्धका बिच नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति लुलाबिच कुराकानी

शुक्रबार, २३ साउन २०८२, ०६ : २७
शुक्रबार, २३ साउन २०८२

सारांश

  • भारतीय प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाबीच कुराकानी भएको छ।
  • मोदीले ब्राजिल भ्रमणलाई यादगार बनाएकोमा राष्ट्रपतिलाई धन्यवाद दिए।
  • भारत र ब्राजिल व्यापार, ऊर्जा, प्रविधि लगायतका क्षेत्रमा साझेदारी बढाउन प्रतिबद्ध छन्।

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलका राष्ट्रपति लुला दा सिल्भासँग छलफल गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका भित्रिने सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेकै समयमा दुई नेताबिच कुराकानी भएको हो । 

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मोदीले यस कुराकानीको बारेमा जानकारी दिएका थिए । ‘राष्ट्रपति लुलासँग मेरो कुराकानी धेरै राम्रो भयो । मैले ब्राजिल भ्रमणलाई यादगार र अर्थपूर्ण बनाएकोमा उहाँलाई धन्यवाद पनि दिएँ । भारत र ब्राजिल व्यापार, ऊर्जा, प्रविधि, रक्षा, स्वास्थ्य र अन्य क्षेत्रहरूमा रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन प्रतिबद्ध छन्’ पोस्टमा मोदीले लेखेका छन् ।

‘ग्लोबल साउथका देशहरूबिचको बलियो र जनकेन्द्रित साझेदारी हाम्रा नागरिकहरूको लागि मात्र नभई सम्पूर्ण विश्वको लागि लाभदायक छ ।’ अझ अगाडि उनले लेखेका छन् ।

यसअघि अमेरिकाले ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको थियो । ट्रम्प ब्रिक्स देशहरूसँग धेरै रिसाएका छन् । ब्रिक्सले डलरलाई कमजोर पार्ने प्रयास गर्‍यो भने अमेरिकाले कडा कारबाही गर्ने उनले भनेका थिए । यही सन्दर्भमा केही अघि उनले यी देशबाट आउने सामानमा सय प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने चेतावनी समेत दिएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप