भारतसँग व्यापार वार्ता अगाडि बढ्ने कुरा ट्रम्पले गरे अस्वीकार
सारांश
- अमेरिकाले भारतबाट आयात हुने सामानमा थप भन्सार शुल्क लगाएको छ, जसका कारण दुई देशबीचको व्यापार वार्ता प्रभावित भएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म ट्यारिफ लगाइसकेपछि मात्रै व्यापार वार्ता अघि बढ्ने बताएका छन्।
- ट्रम्पले रूसबाट कच्चा तेल किनेको भन्दै भारतमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाएका थिए, र यो अगस्ट ७ देखि लागू भएको हो।
नयाँ दिल्ली । भारतबाट अमेरिका भित्रिने सामानमा अमेरिकाले लगाइरहेको अतिरिक्त भन्सार महसुल (ट्यारिफ)को विषयमा यतिबेला भारत–अमेरिकाबिच तनाव चरम सीमामा छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच चलिरहेको व्यापार वार्ताबारे ठूलो बयान दिएका छन् ।
‘भारतबाट आउने सामानमा ५० प्रतिशत ट्यारिफ लगाइसकेपछि व्यापार वार्ता अगाडि बढ्ने आशा गर्नु हुन्छ ?’ भनेर उनलाई पत्रकारहरूले सोधेका थिए । यसो हुनेमा ट्रम्पले अस्वीकार व्यक्त गरे । जब सम्म यो मुद्दा समाधान हुँदैन तबसम्म यस्तो हुने कुनै आशा नभएको उनको जवाफ थियो ।
केही दिन अघि ट्रम्पले भारतमाथि २५ प्रतिशत अतिरिक्त महसुल कर लगाए । रूसबाट कच्चा तेल किन्न जारी राखेको जरिवानाको रूपमा यो महसुल लगाइएको थियो । यो महसुल लगाइसकेपछि, छूट दिइएका केही वस्तुहरूमा बाहेक अमेरिका भित्रिने भारतीय सामानहरूमा कुल कर ५० प्रतिशत हुनेछ ।
प्रारम्भिक महसुल लागू हुनुभन्दा १४ घण्टा अघि ट्रम्पले अतिरिक्त महसुल अर्थात् ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जुलाई ३० मा ट्रम्पले भारतीय सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यो महसुल बिहिबार अर्थात् अगस्ट ७ बाट लागू भएको छ । यसको २१ दिन पछि भने अतिरिक्त महसुल लागू हुनेछ । भारतले रूसबाट तेल किनेर युक्रेन भड्काउन मद्दत गरिरहेको ट्रम्पले बारम्बार भन्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण