भारतको बाढीमा १७ भन्दा बढी नेपाली पर्नु दुःखद : प्रधानमन्त्री
शुक्रबार, २३ साउन २०८२, ०७ : ०४
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरे।
- बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक परेको खबरले थप चिन्तित बनाएको बताए।
- ओलीले उद्धारका लागि दूतावासमार्फत कूटनीतिक छलफल भइरहेको जानकारी दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् ।
उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओली हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण