अपडेट
कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते
५ जनाको अवस्था गम्भीर
शुक्रबार, २३ साउन २०८२, ११ : १९
सारांश
- कालिकोटको खाँडाचक्रमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
- दुर्घटना कर्णाली राजमार्ग अन्तर्गत जुम्ला-कालिकोट सडक खण्डमा भएको हो।
- घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको पहिचान खुलेको छैन।
सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारले रातोपाटीलाई दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।
उनका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको हो ।
जिप सडकबाट करिब १०० मिटर तल खसेको उनले बताए । घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । उनीहरूको पहिचान भने खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण