बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

शुक्रबार, २३ साउन २०८२, १४ : ३६
शुक्रबार, २३ साउन २०८२

सारांश

  • राष्ट्रियसभाको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरियो।
  • कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले 'महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन' पेश गरे।
  • अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको जानकारी गराए।

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । 

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ । 

यस्तै, बैठकमा कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन’सभा समक्ष पेस गरेका हुन् ।

त्यस्तै, सभाध्यक्षसमेत रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराए भने विषयगत समितिमा रहने सदस्यको नाम हेरफेर तथा मनोनयन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप