बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निकोलस मदुरोलाई समात्न मद्दत गर्नेलाई अमेरिकाले ५ करोड डलर इनाम दिने

शुक्रबार, २३ साउन २०८२, १४ : ५७
शुक्रबार, २३ साउन २०८२

सारांश

  • अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई ५ करोड डलर दिने भएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन्।
  • भेनेजुएलाका विदेश मन्त्री इभान गिलले नयाँ पुरस्कारलाई 'अर्थहीन' र 'राजनीतिक प्रचार' को संज्ञा दिएका छन्।

वासिङ्टन डीसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई अब ५ करोड डलर दिने भएको छ । यसअघि घोषण गरिएको भन्दा यो राशि दोब्बर हो । अमेरिकी प्रशासनले मदुरोलाई ‘विश्वको सबैभन्दा ठुला लागूपदार्थ तस्करमध्ये एक’ भएको आरोप लगाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मदुरो सत्तामा फर्किएका थिए । तर उनको  पुनरागमनलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।

मदुरोलाई समात्न मद्दत गर्नेलाई दिने भनेर पहिले घोषणा गरिएको २५ मिलियन डलरको पुरस्कार राशि अब दोब्बर गरिएको अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भनेका छन् । 

मदुरो लागूपदार्थ तस्करीमा प्रत्यक्ष रूपमा संलग्न रहेको उनको भनाइ छ । भेनेजुएलाका विदेश मन्त्री इभान गिलले नयाँ पुरस्कारलाई ‘अर्थहीन’ र ‘राजनीतिक प्रचार’ को संज्ञा दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप