बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीभित्र गुटबन्दी दोहोरिए कारबाहीको दायरामा जान्छ : प्रवक्ता सापकोटा

शुक्रबार, २३ साउन २०८२, १६ : ५१
शुक्रबार, २३ साउन २०८२

सारांश

  • माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र गुटबन्दी भए कारबाही गर्ने बताए।
  • पार्टीको निर्णय उल्लङ्घन गर्ने नेताहरूलाई कारबाही गरिने उनको भनाइ छ।
  • उपमहासचिव जनार्दन शर्माले आठौँ महाधिवेशनपछि निर्णय पुस्तिकामा हस्ताक्षर नगरेकोमा सकारात्मक प्रतिक्रिया दिए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र गुटबन्दी दोहोरिए कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्रले तयार पारेको भिडियो अन्तरवार्तामा उनले पछिल्लो स्थायी समिति बैठकको निर्णय उल्लङ्घन गर्ने नेताहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् । 

‘यदि पार्टीभित्र गुटबन्दी दोहोरियो भने त्यो कारबाहीको दायरामा जान्छ । तर फेरि अन्तर्विरोध नयाँ–नयाँ ढङ्गले आइ नै रहन्छ । यो अन्तर्विरोधको अन्त्य हुँदैन किनभने जीवन्त पार्टीमा अन्तर्विरोध निरन्तर आइरहन्छ । हामी बल केमा गर्छौँ भने यो छलफललाई, बहसलाई विचार, सिद्धान्त, कार्यदिशा, दृष्टिकोण, रणनीति, कार्यनीतितर्फ लैजान चाहन्छौँ । त्यो लगियो भने त्यसले पार्टीलाई पनि माथि लान्छ र कार्यक्रम पनि वैज्ञानिक, वस्तुवादी ढङ्गले अगाडि बढ्न सकिन्छ’, उनले भने ।

उपमहासचिव जनार्दन शर्माले आठौँ महाधिवेशनपछि उपमहासचिवको हैसियतले निर्णय पुस्तिकामा सही नगरेकोमा अहिले सही गर्छु भनेकाले सकारात्मक भएको बताए । 

साउन ६ गतेको विचार गोष्ठीमा शर्माले नेतृत्वमाथि अलिकति दुराशययुक्त अभिव्यक्ति दिएको सम्बन्धमा मूर्त रूपमा आत्मालोचना नगरेको एकाधबाहेक सबैले बेठीक छ भनेर सुझाव दिएको प्रवक्ता सापकोटाले बताए । 

‘साउनको ६ गतेको विचार गोष्ठीमा उहाँले नेतृत्वमाथि अलिकति दुराशययुक्त अभिव्यक्ति दिनुभएको थियो, त्यसको सम्बन्धमा मूर्त रूपमा आत्मालोचना गर्नुभएको छैन । मलाई लाग्छ, सबैका भनाइहरू वास्तवमा अधिकांश स्थायी समितिका सदस्य, एकआध बाहेक, अहिलेको स्थायी समिति सर्वसम्मत भयो भन्दा हुन्छ । सबैले उहाँलाई ‘तपाईँले स्वीकार गर्नुपर्छ, सर्वथा बेठीक भएको छ’ भनेर सुझाव दिएका छन्’, प्रवक्ता सापकोटाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप