प्रधानमन्त्री लक्षित माधवकाे कटाक्ष : १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन
सारांश
- माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिने टिप्पणी गरे।
- उनले ओलीको ३० वर्षसम्म तीन सन्तान जन्माउनुपर्ने भनाइप्रति व्यंग्य गर्दै यस्तो टिप्पणी गरेका हुन्।
- नेपालले संसारमा असम्भव केही पनि छैन भने।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुसी हुने र पुरस्कार दिन सक्ने कटाक्ष गरे । केही समय अघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए ।
सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका थिए । अध्यक्ष नेपालले भने,‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।’
अध्यक्ष नेपालले संसारमा असम्भव भन्ने कुरा केही पनि नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण