विमानस्थलमै एकाएक बिरामी परेर अस्पताल भर्ना भएका गायक खेम सेन्चुरी डिस्चार्ज, अब क्यानडा नजाने
काठमाडौँ । साङ्गीतिक कार्यक्रमका लागि क्यानडा उड्नुअघि एकाएक बिरामी परेका लोकदोहोरी गायक खेम सेन्चुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको एकाएक स्वास्थ्यमा समस्या आएसँगै उनी सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका थिए ।
गायक मोहन खड्काले स्वास्थ्य उपचारपछि सेन्चुरी शुक्रबार डिस्चार्ज भएको जानकारी दिए । खड्काका अनुसार त्रिभुवन विमानस्थलबाट बोर्डिङ पास भइसकेपछि उनको स्वास्थ्यमा एकाएक समस्या देखिएको थियो । ‘किड्नीमा स्टोन खस्दाखेरी पीडा हुने रहेछ, त्यही भएको हो । उहाँ आज डिस्चार्ज भइसक्नु भएको छ’, उनले भने ।
उनका अनुसार सेन्चुरीलाई चिकित्सकले सर्जरी नगरी औषधिले नै ठिक हुने बताएका छन् । क्यानडामा सबैभन्दा ठुलो हिमालयन मेलामा सहभागी हुन गायक सेन्चुरी त्यसतर्फ जान लागेका थिए । उक्त कार्यक्रम यही अगष्ट ९ तारिखमा हुँदै छ ।
उनी डिस्चार्ज भएपनि अब जाँदा उक्त कार्यक्रम छुट्ने भएकाले सेन्चुरी तत्काल क्यानडा नजाने तय भएको खड्काले बताए ।
सेन्चुरीले फेसबुकबाटै कार्यक्रममा सहभागी हुन नपाएकामा क्षमायाचना मागेका छन् । यसैबिच मेला आयोजकले अतिथि कलाकार परिवर्तन गरिएको एक विज्ञप्तिमार्फत जनाएको छ ।
आयोजक संस्था नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेसले खेम सेन्चुरीको अनुपस्थितिमा अब ‘ग्लुमी गाइज’ ब्यान्डका गायक हरि कर्माचार्य र प्रतिभाशाली गायिका अञ्जना गुरुङले अतिथि कलाकारको रूपमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जानकारी गराएको हो । उनीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन र ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण