रक्षाबन्धनमा रवि लामिछानेप्रति ऐक्यबद्धता जनाउने रास्वपाको योजना
शुक्रबार, २३ साउन २०८२, २२ : ३६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी मुद्दामा रवि लामिछानेप्रति समर्थन जनाउँदै रक्षाबन्धन मनाउने भएको छ।
- यो अभियान लामिछानेप्रतिको ऐक्यबद्धता र न्यायको पक्षमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो।
- भैरहवा र काठमाडौँमा श्रावण २४ गते (भोली) दिउँसो कार्यक्रम आयोजना हुनेछ, जसमा लामिछानेको फोटोमा रक्षाबन्धन बाँधिनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेप्रति समर्थन जनाउँदै रक्षाबन्धन मनाउने भएको छ।
अभियान लामिछानेप्रति ऐक्यबद्धता र न्यायको पक्षमा जनचेतना फैलाउने उद्देश्यले यो अभियान आयोजना गरिएको रास्वपाले जनाएको हो।
शनिबार (भोली) रक्षाबन्धनको अवसरमा दिउँसो १ बजेदेखि ४ बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्राङ्गण र काठमाडौँको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइनेछ।
रास्वपाले समर्थक र शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई समर्थन जनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण