आज आठाैँ विश्व संस्कृत दिवस मनाइँदै
सारांश
- विश्व संस्कृत दिवस श्रावण शुक्ल पूर्णिमाको अवसरमा विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
- विसं २०७५ देखि जरो किलो प्रतिष्ठान नेपालको पहलमा सुरु भएको यो दिवस यस वर्ष आठौँ संस्करणमा पुगेको छ।
- संस्कृत भाषाको विकास र यसको महत्वबारे विश्व समुदायलाई जानकारी गराउनु यस दिवसको मुख्य उद्देश्य हो।
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। विसं २०७५ देखि जरो किलो प्रतिष्ठान नेपालको पहलमा सुरु भएको यो दिवस यस वर्ष आठौँ संस्करणमा पुगेको हो।
श्रावण पूर्णिमा (ऋषितर्पणी) को अवसरमा मनाइने यस दिवसमा नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरिँदै छ। मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँमा आयोजना गरिएको छ।
विश्व संस्कृत दिवस कार्यपरिषद् (आयोजक समिति) का संयोजक प्रा.डा. माधवप्रसाद पाण्डेयका अनुसार संस्कृत भाषामा निहित ज्ञान सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य हो। दिवसका सङ्कल्पकर्ता डा. निर्मलमणि अधिकारीले प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमादेखि सुरु हुने भएकाले यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको बताए। उनले यस दिवसलाई संयुक्त राष्ट्रसङ्घमार्फत आधिकारिक मान्यता दिलाउने तयारी पनि भइरहेको जानकारी दिए।
नेपालमा यस वर्षको कार्यक्रममा जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाललगायतका संस्थाले सहकार्य गरेका छन्।
अन्तर्राष्ट्रिय तहमा सहृदयता इन्टरनेशनल, इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, नेपाली हिन्दु फोरम युके, सनातन धर्म अस्ट्रेलिया, विश्व भुटानी हिन्दु सङ्गठन, ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्स लगायतका संस्थाले पनि सहकार्य गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण