अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली खेलाडीले जिते ४ पदक
शनिबार, २४ साउन २०८२, २१ : ५१
सारांश
- आठौँ गेविन मलेसिया खुला तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले ३ स्वर्ण र १ रजत पदक जिते।
- पुरुषतर्फ केनिश खड्का, गोविन्द योञ्जन तामाङ र आयुश बोहराले स्वर्ण जिते भने सन्दिप बस्नेतले रजत जिते।
- प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको थियो, जसमा केनिश, गोविन्द र आयुशले आ-आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरे।
काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडीले आठौँ गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार ३ स्वर्ण र १ रजत गरी ३ पदक जितेका छन् ।
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए ।
केनिशले मलेसिया, गोविन्दले पाकिस्तान तथा आयुशले मलेसियाका खेलाडीलाई पराजित गरेको प्रशिक्षक श्रीकृष्ण खड्काले जनाएका छन् ।
पुरुष ७४ केजीमुनि सन्दिप बस्नेतले रजत हात पारे । सन्दिप फाइनलमा पाकिस्तानी खेलाडीसंग पराजित भए । टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा व्यवस्थापकमा गणेशबहादुर खड्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण