सह-महामन्त्री पदमा मेरो दाबी होइन : तोसिमा कार्की
सारांश
- रास्वपाकी केन्द्रीय सदस्य तोसिमा कार्कीले सहमहामन्त्री पदमा आफ्नो दाबी नगर्ने बताइन्।
- उनले पार्टीको केन्द्रीय समिति बैठकमा विधिको प्रश्न उठाएको जानकारी गराइन्।
- कार्कीले सह–महामन्त्री पदमा विधिसम्मत तरिकाले महिलालाई नियुक्त गर्नुपर्ने बताइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीको रिक्त सहमहामन्त्री पदमा आफ्नो दाबी नरहेको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको बताएकी हुन् ।
उनले भनेकी छन्– ‘केन्द्रीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ व्यक्तिको विरोध गरेको होइन। साथै, रिक्त सह–महामन्त्रीमा मेरो दाबी होइन।’
उनले एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि आफूहरूले अस्वीकार गरेको बताएकी छन् सह–महामन्त्रीको पदमा थप गृहकार्यसहित विधिसम्मत रूपले इच्छुक योग्य महिलाहरूबाट नियुक्ति गर्नुपर्छ भन्ने आफ्नो मत रहेको समेत उनले बताएकी छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेकी कार्कीले पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुन जरुरी रहेको समेत बताएकी छन् ।
यस्तो छ कार्कीको स्ट्याटस–

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण