आज गाईजात्रा पर्व मनाइँदै
सारांश
- आज काठमाडौं उपत्यकामा गाईजात्रा पर्व मनाइँदै छ, जसमा रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमहरू हुन्छन्।
- यो पर्व मृतक आफन्तको सम्झनामा मनाइन्छ, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराइन्छ।
- राजा प्रताप मल्लले रानीलाई खुसी पार्न सुरु गरेको यो पर्वमा हास्यव्यङ्ग्य र सामाजिक विकृतिमाथि प्रहार गरिन्छ।
काठमाडौँ । आज देशभर, विशेष गरी काठमाडौँ उपत्यकामा, रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व आजको दिन विशेष रौनकमा हुन्छ।
गाईजात्राको दिन, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ। सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न र नगद दान गर्ने प्रचलन अझै जीवित छ। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी पार गर्न सजिलो हुन्छ।
यो पर्वको सुरुवातको कथा राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन, उनले जनतालाई दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिए। पछि रानीलाई मुस्कान फर्काउन हास्यव्यङ्ग्य र प्रहसन पनि यस पर्वमा समावेश गरियो।
प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जाने परम्परा आजसम्म कायम छ। उपत्यकाबाहेक बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, धरान, पोखरा लगायत नेवार समुदायको बसोबास रहेको सहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।
गाईजात्रा हास्यव्यङ्ग्यको पर्व पनि हो। यहाँ समाजमा रहेका विकृति–विसङ्गति उजागर गरिन्छ, व्यङ्ग्यका माध्यमबाट सचेतना फैलाइन्छ। पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना, काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण रजताक्षरका पुस्तकहरू दर्शकको आकर्षणका केन्द्र बन्छन्।
सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण