बलियो उत्तर कोरियाको सामना गर्दै नेपाल
सारांश
- नेपालले एएफसी यु-२० महिला एसिया कप छनोटको अन्तिम खेलमा उत्तर कोरियाको सामना गर्दैछ।
- भुटानमा हुने खेलमा नेपाललाई उत्तर कोरियालाई हराउनुपर्ने दबाब छ।
- समूह ए मा नेपाल दोस्रो स्थानमा छ, जसमा उत्तर कोरिया शीर्ष स्थानमा छ।
काठमाडौँ । २०२६ एएफसी यु–२० महिला एसिया कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले आइतबार बलियो उत्तर कोरियाको सामना गर्दैछ । खेल भुटानको चाङलिमिथाङ स्टेडियममा दिउँसो १:४५ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपालले उत्तर काेरियालाई हराउनुपर्ने दबाबमा रहेको छ । अघिल्लो खेलमा नेपालले साउदी अरबलाई पराजित गरेको थियो । खेलको अन्तिम मिनेटमा सुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाइन् । पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
नेपाल समूह ए मा रहेको छ । यो समूहमा भुटान, उत्तर कोरिया र साउदी अरब रहेका छन् । समूहमा उत्तर कोरिया ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ भने १ अङ्क बटुलेको भुटान तेस्रो स्थानमा छ । साउदी अरब अङ्कविहीन रहेको छ ।
२०२६ एएफसी यु–२० महिला एसिया कप प्रतियोगिताको १२ औँ संस्करण हो । यो प्रतियोगिता सन् २०२६ को १ अप्रिलदेखि थाइल्यान्डमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण