बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘जनार्दनजीको अभिव्यक्ति बेठीक, आत्माआलोचना गर्न पार्टीले सुझाव दिएको छ’

आइतबार, २५ साउन २०८२, १० : ३९
आइतबार, २५ साउन २०८२

सारांश

  • माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले पार्टी नीति विपरीत काम गर्नेलाई कारबाही गर्ने बताए।
  • पार्टी स्थायी समिति बैठकका निर्णय र गुटबन्दी अन्त्यबारेमा छलफल भएको छ।
  • जनार्दन शर्माले नेतृत्वमाथि लगाएको आक्षेप र आगामी अभियानबारेमा कुराकानी गरिएको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा अग्निप्रसाद सापकोटाले पछिल्लो सस्थायी समितिको निर्णयविपरीत गुटबन्दी गर्ने, स्वार्थ समूह बनाउनेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । 

माओवादी भित्रको अन्तरविरोध, भर्खर सम्पन्न स्थायी समिति बैठकको निर्णय, समसाययिक राजनीतिबारे जानकारी दिन पार्टीले बनाएको भिडियो अन्तर्वार्तामा उनले पार्टी नीतिविपरित जाने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन प्रस्ट सन्देश दिएका हुन् । 

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरसंघर्षबारे पनि उनले मुख खेलेका छन् । प्रस्तुत छ, सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश :  

  • भर्खरै सकिएको पार्टीको स्थायी समिति बैठकले धेरै महत्त्वपूर्ण निर्णयहरू गर्‍यो । त्यसमध्ये गुटबन्दीहरूको अन्त्य गर्ने, भंग गर्ने भन्ने खालको निर्णय धेरै नै चर्चामा छन् । कसरी कार्यान्वयन हुन्छ ?

स्थायी समितिको बैठक पछिल्लाभन्दा गुणात्मक भए । सबैको स्तर उठेको छ । सबैभन्दा पहिला अध्यक्षले बैठकको सुरुवात जुन दिशानिर्देशमा गर्नुभयो, त्यो विगत ७–८ वर्षयताको भन्दा अलि गुणात्मक थियो । किनभने त्यहाँ सरलता थियो र त्यो सन्तुलित थियो । त्यो सरल र सन्तुलित भएकाले सबै स्थायी समितिका सदस्यहरूमा राम्रोसित सम्प्रेषित भयो । अब केन्द्रीय कार्यालयबाट बन्छ, जिल्लाका लागि केन्द्रबाट, प्रदेशका लागि केन्द्रबाट भइहाल्यो । त्यसैगरी जिल्लाको लागि प्रदेशबाट बन्छ ।

  • यो कहिलेसम्म जान्छ ? केही समय पनि छ त्यसको ?

अझ केन्द्रीय कार्यालयको बैठकले एक–दुई दिनमा ठोस रूप दिन्छ । त्यो बैठक कार्यान्वयनमा जान्छ, किनभने मूल समस्या नै यो भएकाले कार्यान्वयनको प्रक्रिया सुरु हुन्छ । तर यसको निकै व्यवस्थित ढंगले अगाडि बढ्ने कुरा अबको ठीक दुई महिनापछि, अर्थात् दसैँको पछि तिहारको अगाडि बस्ने केन्द्रीय समितिको बैठकले गर्छ । केन्द्रीय समितिको बैठक बस्छ । विधान बनिसकेको छ, त्यसको सम्पादन पनि हुँदैछ, नियमावली बनाउँछ । 

अहिलेको आवश्यकताअनुसार, विज्ञान–प्रविधिका, समग्र विकासका कुरालाई प्रतिबिम्बित गरेर नियमावली बनायौँ भने आचारसंहिता त्यति चाहिँदैन भन्ने छलफल पनि उठेको थियो ।

हाम्रो पार्टीमा नियमावलीको अभ्यास अहिलेसम्म अलि कम भएको छ । अहिले नियमावली बनाउँदै छौँ । नियमावलीले सैद्धान्तिक कुराको बाढी दिग्दर्शन गर्छ, दिशा निर्देश मात्रै गर्ने हो । नियमावलीले समाउँछ, त्यो मूर्त हुन्छ । नियमावली बनिसकेपछि कहाँनेर कसले नियम उल्लंघन गर्‍यो भन्ने हुन्छ । 

दोस्रो कुरा, राजनीतिक अनुशासन हो । एउटा राजनीतिक अनुशासन, अर्को अरू अनुशासन । राजनीतिक अनुशासन र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने भनिएको छ । त्यसको नियमावली पनि छिट्टै सार्वजनिक हुन्छ । त्यसपछि आचारसंहिताको पनि कुरा चलेको छ । 

हामीले राम्रो, अहिलेको आवश्यकताअनुसार, विज्ञान–प्रविधिका, समग्र विकासका कुरालाई प्रतिबिम्बित गरेर नियमावली बनायौँ भने आचारसंहिता त्यति चाहिँदैन भन्ने छलफल पनि उठेको थियो । र गुट, उपगुट र स्वार्थ समूहको भंग गर्ने कुराको निर्णय भएको छ र त्यो सबैले सामूहिक संकल्प गरेको छ । यदि त्यो निर्णय कार्यान्वयन गर्दै जाँदा उल्लंघन भयो भने त्यसलाई अनुशासनको दायरामा ल्याउने र कारबाही गर्ने भन्ने निर्णय भएको छ ।

  • एकजना पदाधिकारीबाटै नेतृत्वमाथि विभिन्न प्रकारका आक्षेप लगाउने गरी जुन सार्वजनिक अभिव्यक्ति आयो, त्यस विषयमा स्थायी समितिमा निकै नै छलफल भयो । अधिकांशले आत्मालोचना गर्न सुझाव दिँदा सम्बन्धित पदाधिकारीले त्यो आत्मालोचना स्वीकार गर्नुभएन । यस्तै परिस्थिति फेरि रहन्न भन्ने के प्रत्याभूति हुन सक्छ ?

यस्तै परिस्थिति फेरि रहन्न भन्ने कुराको सुनिश्चितता यसरी गर्न सकिन्छः पहिलो कुरा, उहाँले (तपाईंले भन्न खोज्नुभएको जनार्दन शर्माको कुरा होला), आठौँ महाधिवेशनपछि उपमहासचिवको हैसियतले निर्णय पुस्तिकामा सही गर्नुभएको थिएन । अहिले उहाँले त्यहाँ सही गर्छु भन्नुभएको छ । एउटा कुरा त्यो सकारात्मक भयो । 

गम्भीरतापूर्वक उठेको साउनको ६ गतेको विचार गोष्ठीमा उहाँले नेतृत्वमाथि अलिकति दुराशययुक्त अभिव्यक्ति दिनुभएको थियो, त्यसको सम्बन्धमा मूर्त रूपमा आत्मालोचना गर्नुभएको छैन ।

अरू कुराहरूमा पनि निकै गम्भीर, विहंगम र प्रभावकारी छलफल भयो । त्यो छलफलको कहीँकतै उहाँलाई प्रभाव परेको छ । यतिका लामो समयदेखि छलफल र बहसमा रहेको कुरालाई रातारात सुध्रिन्छ भनेर अपेक्षा राख्ने कुरा ठीक होइन, तर कहीँ न कहीँ, कतै न कतै उहाँले महसुस गरेको आभास भएको छ । तपाईंले भनेको ठीकै हो, अलि ठोस, मूर्त रूपमा स्वीकार्ने, स्वीकार गराउने कुरा भए राम्रो हुन्थ्यो भन्यौँ । तर हाम्रो अन्तिममा छलफल आत्मालोचना भन्ने कुरा अन्तस्करणबाट आउने कुरा हो, भित्रैदेखि हृदय बोल्ने कुरा हो । त्यसकारण यसमा दबाब हुँदैन । अवसर र छलफलमा भाग लिने क्रममा अलिकति सकारात्मक के छनक पायौँ भने अब क्रमशः सुधार हुन्छ । 

धेरै लामो समयदेखि सही नगरेकाले सही गर्ने कुरा पोजिटिभ भयो । र अर्को, गम्भीरतापूर्वक उठेको साउनको ६ गतेको विचार गोष्ठीमा उहाँले नेतृत्वमाथि अलिकति दुराशययुक्त अभिव्यक्ति दिनुभएको थियो, त्यसको सम्बन्धमा मूर्त रूपमा आत्मालोचना गर्नुभएको छैन । मलाई लाग्छ– सबैका भनाइहरू वास्तवमा अधिकांश स्थायी समितिका सदस्य (एकाधबाहेक) अहिलेको स्थायी समिति सर्वसम्मत भयोभन्दा हुन्छ । सबैले उहाँलाई तपाईंले स्वीकार गर्नुपर्छ, सर्वथा बेठीक भएको छ भनेर सुझाव दिएका छन् । उहाँले विगतजस्तो धेरै स्पष्टीकरण दिने जमर्को गर्नुभएन । तर सकारात्मक संकेत के देखिन्छ भने अब बिस्तारै क्रमशः अलि पर पुगेको हुनाले फर्कन अलि बेर लाग्छ । मलाई विश्वास छ, स्थायी समितिको त्यो स्तरीय र प्रभावकारी बहसको प्रभाव उहाँमा परेको छ ।

  • यो अर्को कुरा पनि अलि प्रस्ट पारिदिनुस् । स्थायी समितिमा जुन प्रकारको छलफल भयो, त्यस छलफलको क्रममा उहाँ (जनार्दन शर्मा) ले उठाएका विषयलाई उहाँले वैचारिक बहसको कुरा गर्नुभएको छ । अरूले त्यो वैचारिक होइन, एउटा स्वार्थ समूहको झुण्डको रूपमा प्रयोग भयो भन्ने खालको आरोप पनि भयो । उहाँले जुन खालको एजेन्डा भनिराख्नुभएको छ, त्यो विचार हो या अन्य केही ? 

त्यहाँ विचार त उहाँले पहिलाको स्थायी समितिको बैठकमा लेखेर दिनुभएको थियो । तर अहिले विचार अभिव्यक्त भएको देखिँदैन । त्यहाँ विचार पनि छैन, राजनीतिक कार्यदिशा पनि छैन, सैद्धान्तिक कुरा पनि छैनन् । त्यो सेट र श्रृंखलामा पनि छैन । र उहाँले अहिले ‘मेरो यो विचार हो’ भनेर प्रस्ट राख्नुभएको पनि छैन ।

करिब–करिब स्थायी समितिमा सर्वसम्मत भयो र स्थायी समितिको स्तर उन्नति भयो । यो छलफलले नै जस्तो पहिला केन्द्रीय कार्यालयको बैठक, यो पछिल्लो श्रृंखलाको कुरा गर्दैछु, त्यहाँ चाहेजति बोल्न, इच्छा लागेजति बोल्नुस् भनेर छलफल ओपन गरिएको थियो । 
  • उहाँले आफूले पनि दाबी गर्नुभएन ?

त्यति धेरै विचारको कुरा गर्नुभएन । अलि प्राविधिक कुरामै बढी छलफल भयो । र तपाईंले सुन्नुभएको, बुझ्नुभएको, बाहिरबाट जे अनुभूति गर्नुभएको त्यो ठीकै हो, विचारमा बहस त्यति छैन ।

  • स्थायी समितिले गरेका अन्य निर्णयहरूभन्दा यो आम कार्यकर्ताका लागि पनि अलि फरक छ । जब–जब माओवादी एउटा बलियो धारको रूपमा स्थापित हुँदै जान्छ, तब–तब विगत दुई दशकको राजनीति यहाँसम्म आइपुग्दा, पछिल्लो राजनीतिक दुई दशक हेर्दा पटक–पटक यस्तै खालका समस्या निम्तिने गर्छ । किन ? 

एक प्रकारले समस्या आउँछ, समाधान हुन्छ । मैले अघि नै भनेँ, करिब–करिब स्थायी समितिमा सर्वसम्मत भयो र स्थायी समितिको स्तर उन्नति भयो । यो छलफलले नै जस्तो पहिला केन्द्रीय कार्यालयको बैठक, यो पछिल्लो श्रृंखलाको कुरा गर्दैछु, त्यहाँ चाहेजति बोल्न, इच्छा लागेजति बोल्नुस् भनेर छलफल ओपन गरिएको थियो । 

त्यसपछि परामर्श बैठकहरू भए, त्यसपछि अभियानहरू भए । यी सबैले स्थायी समिति यति माथि उठेको हो । कारण, पहिला नै स्थायी समितिको बैठक भयो, त्यसपछि परामर्श बैठकहरू भए, त्यसपछि अभियानहरूमा गइयो, त्यसले गुणात्मक फड्को मार्‍यो । त्यसले सबैलाई एक प्रकारले समाजवादी प्रतिबद्धता र स्वस्थ प्रतिस्पर्धातिर अगाडि बढायो । त्यहाँ प्रतिस्पर्धाको एउटा भाव पैदा भयो । किनभने अभियानमा बिहानदेखि बेलुकासम्म कार्यक्रमहरू हुन्छन् । त्यहाँ धेरै प्रस्तुति त अध्यक्षकै भयो, तर अरूले पनि प्रस्तुति गर्नुपर्ने भयो । त्यस हिसाबले यो अलि प्रतिस्पर्धात्मक खालको भयो । त्यस्तो हुने गर्छ । पार्टीभित्र अन्तर्विरोध पैदा नहोस्, सबै एकताबद्ध भएर अगाडि बढुन् भन्ने हाम्रो मनोगत इच्छा हो । वस्तुगत कुरा गर्दा यस्तै छलफल–बहसबाट म दृढताका साथ के भन्छु भने, यो छलफल–बहसले पार्टी माथि उठेको छ । 

तपाईंले भनेको कुरा ठीक हो, देशभरिका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूमा ‘फेरि राम्रो हुन लागेको थियो, किन बिग्रन खोजेको होला, किन अन्तर्विरोध पैदा भएको होला’ भन्ने चिन्ता थियो । तर यो छलफलले त्यो चिन्तालाई दूर मात्रै गरेन, हाम्रो छलफल यस्तो भयो कि अलिकति हिट पैदा गर्नेगरी पनि भएको थियो र त्यो हिटले एउटा प्रकाश, लाइट दिएको छ ।

नयाँ खालको आउँछ । कचनकवलबाट फागुन १२ गते सुरु भएको त्यो अभियान बढ्दै जाँदा, त्यतिबेर पनि आजको अनुभवले भोलि अलिकति नयाँ, पर्सि अर्को नयाँ हुँदै गयो ।
  • फेरि पनि यस्तै खालका क्रियाकलाप दोहोरिए पार्टीले के गर्छ ?

यस्तै त दोहोरिँदैन भन्ने मलाई लाग्छ । यदि दोहोरियो भने त्यो कारबाहीको दायरामा जान्छ । तर फेरि अन्तर्विरोध त नयाँ–नयाँ ढंगले आई नै रहन्छ । यो अन्तर्विरोधको अन्त्य हुँदैन । किनभने जीवन्त पार्टीमा अन्तर्विरोध निरन्तर आइरहन्छ । हामी (तपाईंको सुरुदेखि अहिलेसम्मको प्रश्नको आशय मैले त्यही बुझेँ) यो छलफल, बहसलाई विचार, सिद्धान्त, कार्यदिशा, दृष्टिकोण, रणनीति, कार्यनीतितिर लैजान चाहन्छौँ । त्यसले पार्टीलाई पनि माथि लान्छ र कार्यक्रम पनि वैज्ञानिक, वस्तुवादी ढंगले अगाडि बढ्न सकिन्छ ।

  • जनतासँग माओवादी नेतृत्व जोडिने अभियान तराई–मधेसमा सकियो । अब पहाडी क्षेत्रमा, मध्यपहाडी लोकमार्ग केन्द्रित बाँकी नै छ । यसमा जनतासँग जोडिने केही नयाँ खालका छन् कि पुरानै ? 

नयाँ खालको आउँछ । कचनकवलबाट फागुन १२ गते सुरु भएको त्यो अभियान बढ्दै जाँदा, त्यतिबेर पनि आजको अनुभवले भोलि अलिकति नयाँ, पर्सि अर्को नयाँ हुँदै गयो । अहिले त झन् हामी पोखरामा स्थगित गरेर यहाँसम्म आइपुगेका छौँ । यहाँसम्म आइपुग्दा पार्टीभित्र, बाहिर, सरकारमा धेरै कुराको विकास भइसकेको छ, अध्यक्षले सदनमा पनि दुईचोटि बोलिसक्नुभएको छ । 

यी सबै कुराले गर्दा हुलाकी मार्गकेन्द्रित अभियान अनि हामीले पोखरामा स्थगित गरेको मध्यपहाडी लोकमार्ग अभियान सबैको अनुभवले नयाँ ढंगले आगामी अभियान चल्छ । अहिलेको स्थायी समिति बैठकले एउटा रणनीतिक महत्त्वका निर्णय गरेको छ, तात्कालिक कार्यनीतिक कुराहरू मात्रै नभई अलिकति रणनीतितिर सोझ्याउने कुरा छ । जस्तोः वैज्ञानिक समाजवादको कुरा प्रस्ट गरेको छ । त्यसैगरी अर्को महत्त्वपूर्ण कुरा, नयाँ ढंगको सांस्कृतिक क्रान्ति छ । १९६६ मा माओले गरेको जस्तो सांस्कृतिक क्रान्ति मात्रै होइन, सारभूत रूपमा सांस्कृतिक क्रान्ति । सांस्कृतिक क्रान्तिले समाजको तल्लो तहसम्मलाई जागरित गराउँछ, त्यसले प्रशिक्षित गराउँछ ।

यो संस्कार र संस्कृति भनेको यति गम्भीर, संवेदनशील र महत्त्वपूर्ण कुरा हुन्छ कि, त्यसको लागि विशेष अभियान हुनुपर्छ । मैले भनेँ नि, दुनियाँका महान् अक्टोबर क्रान्ति महान् भैहाल्यो, पहिलोचोटि माक्र्स र एंगेल्सले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई महान् लेनिनले जीवन व्यवहारमा लागू गरेर देखाउनुभयो । त्यसपछि फेरि किसानहरूको बाहुल्यता भएको देशमा नयाँ जनवादी क्रान्ति माओले गर्नुभयो । 

कांग्रेस र एमालेबाहेक सबै पार्टी, सरकारमै भएका पार्टीसमेतलाई समेटेर, निर्वाचन आयोगले गर्ने मूल्यांकनलगायत सबै विषयमा यसबारे प्रचण्डले कुरा गर्नुभएको छ । मैले भन्नै परेन । 

त्यही हाराहारीको सामाजिक क्रान्ति, हुन त वैचारिक पनि हो, सामाजिक रूपमा परिवर्तन गर्न माओले गर्नुभएका यी तीनवटा क्रान्ति साँच्चिकै यो धर्तीका महानतम् क्रान्तिहरू हुन् र हामीले पनि अब नयाँ ढंगको, हामीलाई अब यो आवश्यकता भयो कि हामी समाजवादको आधार तयार पार्ने भन्या छौँ । 

समाजवाद भन्या धेरै ठुलो कुरो हो, धेरै राम्रो व्यवस्था हो । दुनियाँमा योसित तुलना हुने व्यवस्था अर्को छैन । यो त्यति सुसंस्कृत, सुव्यवस्थित हुन्छ । समाजवाद भनेको समृद्धि हो, गरिबी समाजवाद होइन । समृद्ध हुनका लागि त्यसले विचारमा, राजनीतिमा, अर्थतन्त्रमा, शिक्षा नीतिमा, स्वास्थ्य नीतिमा, सबैमा समग्र विकासको अवधारणा लिएर आउँछ, गर्नुपर्छ, नत्र समाजवाद हुँदैन त्यो ।

  • आम नागरिकको कतिपय अवस्थामा प्रश्न छ । प्रमुख प्रतिपक्षीको भूमिका अझ जोडदार हुनुपथ्र्यो, पुगेन कि भन्ने खालको छ । यी कुराहरू पनि बुझाउनेगरी जानुहुन्छ कि यही सदनमा मात्रै केन्द्रित हुन्छन् ती कुरा ?

कांग्रेस र एमालेबाहेक सबै पार्टी, सरकारमै भएका पार्टीसमेतलाई समेटेर, निर्वाचन आयोगले गर्ने मूल्यांकनलगायत सबै विषयमा यसबारे प्रचण्डले कुरा गर्नुभएको छ । मैले भन्नै परेन । 

हाम्रो आन्दोलन तात्कालिक कार्यनीतिक इस्युमा मात्रै हुँदैन । हाम्रो आन्दोलनले तात्कालिक समस्या समाधान गर्न भूमिका खेल्छ–खेल्छ । रणनीतिसित जोडिनुपर्छ भन्ने छ । अब हामी काठमाडौँको बानेश्वर संसद् मात्रै होइन, सातै प्रदेशका सबै ठाउँमा लिड गर्छौँ । मुख्य त सडकमै हुन्छ । समाजवादी क्रान्तिको आधार तयार पार्ने कुरामा पनि सडककै दबाब प्रभावकारी हुन्छ, तर सदनलाई पनि हामी गुणात्मक ढंगले प्रभावकारी गर्छौँ । 

अभियान भदौ १५ गते हुँदैछ, त्यसलाई आन्दोलनका रूपमा बुझे पनि हुन्छ, त्यो एउटा समाजवादी क्रान्तिको आधार तयार पार्न व्यवस्थित सुरुवात हो । यी सबैको अनुभवलाई समेटेर फेरि पनि म भन्छु, हाम्रो कार्यनीतिक हिसाबले २०८४ को चुनावमा बहुमत ल्याउने नै हो टार्गेट । तर फेरि रणनीतिक हिसाबले चाहिँ समाजवादी क्रान्तिको आधार तयार पार्ने हो । यो स्थायी समितिको बैठकपछि हामी जे गर्छौं, ती सबै रणनीतिसित जोडिन्छन् । अर्थात्, कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्छ । 

  • जसरी सरकार सबै ठाउँबाट फेल भयो । यसको विकल्पमा माओवादी सरकारमा जान्छ कि जाँदैन भन्ने आम प्रश्न छ ।

अहिले सरकारमा जाने सोच छैन, विल्कुलै छैन । फेरि सरकार यस्तो स्थितिमा पुगिसकेको छ कि, प्राविधिक रूपमा भए यसले राजनीतिक वैधता गुमाइसकेको छ । नैतिक वैधता पनि । जनताको मनमस्तिष्कबाट विस्थापित भइसकेको छ । सरकार राष्ट्रको कलंकको रूपमा छ । साँच्चै भन्नुहुन्छ भने अन्तर्राष्ट्रिय जगत्मा यसको साख यसरी गिरेको छ कि, अब एउटा छिमेकीले धेरै अनुनय–विनय र के–के कुरा दिएर हो भर्खर निम्ता गरेको छ । दुइटा निकट छिमेकीसित पनि राम्रो सम्बन्ध छैन । अन्तर्राष्ट्रिय जगत्मा त यो सरकार गुमनाम छ ।

यो सरकार चौतर्फी रूपमा असफल भइसक्यो । यसको राष्ट्रिय जीवनका कुनै क्षेत्रमा नि कुनै उपस्थिति छैन । तर फेरि संख्या उनीहरूसित छ । त्यो संख्याको बलमा टिकिरहेको छ । यही पोइन्टमा हामी सिरियस छौँ । 

जनता एक प्रकारले छटपटीमा छन् । जनताको आक्रोश विस्फोटन भयो भने त्यसले जे पनि गर्न सक्छ, जता नि पुग्न सक्छ । त्यो हुन नदिन समाजवादको प्रस्ट रूपरेखा हामीले प्रस्तुत गर्नुपर्छ । त्यो रूपरेखा हामी अभियानमा पनि प्रस्तुत गर्छौँ, आगामी दिनहरूमा हामी त्यसलाई प्रस्तुत गर्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप