गाईजात्राका दिन कलाकारको व्यङ्ग्य– गणतन्त्रको भत्ता खाएर सदनभित्र राजा खोज्ने देश
काठमाडौँ । गाईजात्राको अवसर पारेर कलाकारहरूले देशको वर्तमान अवस्थाका विषयमा चोटिलो व्यङ्ग्य गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा कलाकार रूपाखेतीले तीन शीर्ष नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत वृद्ध नेताहरूले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए ।
अर्का हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यङ्ग्य प्रस्तुत गरे । उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदनभित्र छिरेपछि । भ्रष्टाचारको त बोरै निस्किँदो रहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि ।’
त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए ।
कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकता मात्रै देख्न नहुने धारणा राखे । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरूलाई थाहा हुनुपर्ने उनको भनाइ थियो ।
वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि आफू निरन्तर गाईजात्रामा रहेको बताए । आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए ।
अहिले गाईजात्रा दैनिक रूपमा सडकमै भइरहेको बताए । उनले आफ्नो प्रस्तुतिलाई यसरी कवितात्मक शैलीमा प्रस्तुत गरे ।
‘जिउँदै भट्टीमा मान्छे लगाउनेको मिनाह हुन्छ केस ।
टिकटक बनाएर हाल्नेलाई छानीछानी थुन्ने देश ।
सरकारी कर्मचारीलाई घुस नखाउ नभनेर सिकाउन नसक्ने देश ।
सहकारी ठगलाई विदेशबाट झिकाउन नसक्ने देश ।
मलामीमा शंख बजाएर जन्तीको बाजा खोज्ने देश ।
गणतन्त्रको भत्ता खाएर सदनभित्र राजा खोज्ने देश ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण