बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पञ्चकन्या ग्रुपले ल्याएको रङ्गिन यूपीभीसी झ्यालढोकाको के छ विशेषता ?

आइतबार, २५ साउन २०८२

काठमाडौँ । निर्माण सामग्री उत्पादनमा पञ्चकन्या समूहको लामो विरासत छ । हालै यो कम्पनीले जर्मन प्रविधिमा आधारित उच्च गुणस्तरका रङ्गिन यूपीभीसी झ्यालढोका (प्रोफाइल) बजारमा ल्याएको छ । यससँगै पञ्चकन्या समूह यो प्रविधिको रङ्गिन यूपीभीसीको पहिलो उत्पादकसमेत बनेको छ । 

यूपीभीसी झ्याल, ढोका र पाइपजस्ता निर्माण सामग्री बनाउन प्रयोग गरिने एक प्रकारको कडा र टिकाउ प्लास्टिक हो । कम्पनीले नेपालमा बढ्दो यूपीभीसी आयात घटाउने र उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको स्वदेशी विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।

आधुनिक घरहरू निर्माणको लहरसँगै निर्माण सामग्रीको माग र प्रयोगमा पनि ठुलो परिवर्तन आएको छ । कुनै समय काठ र आल्मुनियमको एकछत्र राज रहेको झ्यालढोका बजारमा आज यूपीभीसी स्थापित भएको छ । 

527497570_793329183854144_1861593717917457213_n

नेपालमा खपत हुने ८५ देखि ९० प्रतिशत यूपीभीसी प्रोफाइलहरू विदेशबाट आयात हुन्छन् । यसले देशको ठुलो रकम बाहिरिइरहेको छ । बजारमा यति ठुलो अवसर हुँदाहुँदै पनि अधिकांश हिस्सा आयातले ओगटेको पाउनु आफ्ना लागि प्रेरणाको स्रोत बनेको पञ्चकन्या बताउँछ ।  

पञ्चकन्या डिमेक्स प्रालिका अध्यक्ष उज्ज्वल श्रेष्ठ कम्पनीले नेपालमै पहिलो पटक रङ्गिन र लेमिनेटेड यूपीभीसी प्रोफाइलको उत्पादन थालेको बताउँछन् । 

‘अहिलेसम्म बजारमा उपलब्ध सेतो प्रोफाइलको परम्परागत विकल्पभन्दा माथि उठेर हामीले वालनट, गोल्डेन ओक, ग्रे र कालो गरी चार आकर्षक रङमा उत्पादन सुरु गरेका छौँ,’ उनी भन्छन्, ‘जर्मनीबाट आयातित उच्च गुणस्तरको फोइल प्रयोग गरिएका यी प्रोफाइलले घरको भित्री तथा बाहिरी सजावटमा नयाँ आयाम थप्नेछ ।’

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा करिब २० प्रतिशत बजार हिस्सा हासिल गरिसकेको दाबी गरेको छ । नेपालमा हाल वार्षिक १३ हजार मेट्रिक टनभन्दा बढी यूपीभीसी प्रोफाइल खपत हुने र त्यसको ८५ देखि ९० प्रतिशत हिस्सा आयातबाटै पूर्ति हुने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

530759711_753284330630184_7523096104583264920_n

पञ्चकन्या डिमेक्सका स्वदेशी उत्पादनमार्फत बजारको ३० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य रहेको उनी सुनाउँछन् । ‘हामी बजारमा सातौँ खेलाडी हौँ, तर हाम्रो उत्पादन क्षमता वार्षिक ६ हजार मेट्रिक टन छ,’ श्रेष्ठ भन्छन्, ‘जुन हाल सञ्चालनमा रहेका अन्य सबै उद्योगको कुल क्षमताभन्दा बढी हो ।’

पञ्चकन्या डिमेक्सले आफ्ना उत्पादनलाई गुणस्तरमा अब्बल साबित गर्न अन्तर्राष्ट्रिय मापदण्ड अपनाएको दाबी गरेको छ । आफूलाई बजारका अन्य प्रतिस्पर्धीभन्दा फरक देखाउन प्रविधि, गुणस्तर र नवीनतालाई आफ्नो मूल मन्त्र बनाएको उसको दाबी छ । 

श्रेष्ठले कम्पनीले विश्वका प्रख्यात उद्योगहरूबाट रेजिन र केमिकलजस्ता कच्चा पदार्थ आयात गरी युरोपेली मापदण्ड र जर्मन प्रविधि अनुसार उत्पादन गर्ने गरेको बताए । उनले उत्पादनहरूले भारतीय (आईओएस) र युरोपेली (एसकेजेट) ल्याब परीक्षण पास गरेको पनि बताए । 

पञ्चकन्या डिमेक्सका प्रबन्ध निर्देशक रितेश सिलवाल भन्छन्, ‘हामीले उपभोक्ताको रोजाइ र घरको भित्री तथा बाहिरी सौन्दर्यलाई ध्यानमा राख्दै चार आकर्षक रङहरू वालनट, गोल्डेन ओक, ग्रे र कालोमा उत्पादन थालेका छौँ ।’

527497570_793329183854144_1861593717917457213_n

पञ्चकन्या डिमेक्सले युरोपेली मापदण्डलाई आत्मसात् गरेको छ । कम्पनीले यसमा पनि २० वर्षको वारेन्टी दिएको छ ।

पञ्चकन्या डिमेक्स प्रालिका अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा यूपीभीसीको उदयको कथा निकै रोचक छ । 

‘विगत सात वर्षमा यूपीभीसीको प्रयोग तीव्र गतिमा बढेको छ । हामीले भन्सारको तथ्याङ्क हेर्दा यसको आयातको ग्राफ आकाशिएको देखिन्छ,’ श्रेष्ठले भने, ‘विशेषगरी काठमाडौँ र यस वरपरका सहरी क्षेत्रमा बन्ने नयाँ घरहरूमा करिब ४५ प्रतिशत हिस्सा यूपीभीसीले लिन थालिसकेको छ ।’

पञ्चकन्याले आफूलाई झ्यालढोका जोडेर बिक्री गर्ने ‘फ्याब्रिकेटर’ नभई प्रोफाइल उत्पादन गर्ने उद्योगको रूपमा चिनाउन चाहेको श्रेष्ठ बताउँछन् । 

नेपालमा हाल रहेका ८०० भन्दा बढी फ्याब्रिकेटरहरूलाई तालिम दिने र उनीहरूको सीप विकास गर्ने उद्देश्यले कम्पनीले आफ्नै ‘ट्रेनिङ एन्ड एक्सपिरियन्स सेन्टर’ स्थापना गर्ने लक्ष्य समेत लिएको छ । 

527253434_1415573622982738_2561107920760151244_n

यसले गुणस्तरीय जडान सुनिश्चित गर्ने र समग्र उद्योगको स्तर नै उकास्ने विश्वास लिइएको छ । पञ्चकन्या डिमेक्सले केवल प्रिमियम बजारलाई मात्र लक्षित गरेको छैन । 

रुपन्देहीमा दुई बिघा क्षेत्रफलमा फैलिएको पञ्चकन्या डिमेक्सको कारखानाको वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन छ । जुन हाल सञ्चालनमा रहेका अन्य सबै उद्योगको कुल क्षमताभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी केही वर्षभित्रै बजारको ३० प्रतिशत हिस्सा ओगट्ने र आयातलाई उल्लेख्य रूपमा घटाउने लक्ष्य राखेको छ । कम्पनीले अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग समेत प्रतिस्पर्धा गरी निर्यात गर्ने समेत लक्ष्य राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया