बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर

बुधबार, ३१ असार २०८३, ०० : ०१
बुधबार, ३१ असार २०८३

सारांश

  • रासायनिक मलको चरम अभावले देशका अधिकांश धान उत्पादक जिल्लाका किसानहरू प्रभावित भएका छन्।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ठगी र संगठित अपराधमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना सुनाइएको छ।
  • मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. मलको समस्या

हरेक वर्ष धान रोपाइँको मुख्य सिजन सुरु हुनासाथ रासायनिक मलको चरम अभाव हुने पुरानो समस्या यस वर्ष पनि दोहोरिएको छ । असारको अन्तिमसम्म आइपुग्दा देशका अधिकांश धान उत्पादक जिल्लाका किसानले डीएपी र युरिया मल पाउन सकेका छैनन् ।

२. प्रश्नबाट भाग्दै सरकार 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) नेतृत्वमा सरकार गठन भएको ११० दिनको गतिविधि हेर्दा सकारात्मक सङ्केत देखिएको छैन । शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची बनाएर कार्यान्वयनमा सक्रिय रहेको सरकार जनताको मूल मुद्दाबाट भागेको आरोप लागेको छ ।

३. राजदूत नियुक्ति

वर्तमान सरकारले आफ्नो कार्यकालको एक सय दिन पार गरिसकेको छ । यस अवधिमा सम्पादन गरिएका कामहरूको फेहरिस्त सम्बन्धित मन्त्रालयहरूले सार्वजनिक गरिरहेका छन् भने सरकारले यो अवधिलाई उत्साहजनक रहेको दाबी गरेको छ ।

४.नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणका कसुरदारहरूलाई सजाय तोकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ‘ठगी र संगठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई भुटानी शरणार्थी प्रकरणमा ’मतियार’ ठहर गर्दै सजाय सुनाएको हो । 

५. उच्च शिक्षा पाउने अवसरबाट वञ्चित

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्ने निर्देशन दिँदा कक्षा १२ प्राविधिक धारतर्फका विद्यार्थीहरू मर्कामा परेका छन् । कक्षा १२ को प्राविधिक धारतर्फ उत्तीर्ण विद्यार्थीहरू यस वर्ष इच्छित विषयमा उच्च शिक्षा अध्ययन गर्न पाउने अवसरबाट वञ्चित हुने सम्भावना देखिएको छ ।

६. सम्पत्ति छानबिन

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले पूर्वन्यायाधीश र पूर्वसेनाको सम्पत्ति छानबिनको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सम्पत्ति विवरण भर्न बाध्य नपार्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत असार २६ गते सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश दिएको थियो । 

७. मन्त्रिपरिषद् बैठक निर्णय

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।  

  • थप

८. न्यायालय

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै जेल सजाय र जरिवाना सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र सार्वजनिक पदमा रहेको व्यक्ति भएकाले थप ६ महिना गरी कुल २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणका लागि बिहीबार पेसी तोकिएको छ।

९. मनसुनमा विपद् तयारी

मनसुनको समयमा आउन सक्ने बाढी र पहिरोका कारण अवरुद्ध हुन सक्ने सडक तथा राजमार्गहरूलाई तत्काल सञ्चालनमा ल्याउन सडक विभागले देशैभर विशेष तयारी गरेको छ । विभागले देशभरका रणनीतिक र बढी जोखिम भएका स्थानहरूमा पहिरो पन्छाउने उपकरण तथा प्राविधिक जनशक्ति उच्च सतर्कताका साथ परिचालन गरेको हो । 

१०. मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन

कर्णालीका अघिल्ला सरकार झैँ मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले पनि बजेट खर्चमा सुधार ल्याउन सकेको छैन । कँडेल ०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसयता उनी नेतृत्वको सरकारले दुई वटा आर्थिक वर्षको बजेट कार्यान्वयन गर्‍यो । यद्यपि दुई वटै आर्थिक वर्षमा बजेट कार्यान्वयनको अवस्था विगतको भन्दा झन् कमजोर छ ।

११. अर्थतन्त्रको ५ चित्र

आर्थिक वर्ष २०८२/०८३ को ११ महिनाको समष्टिगत आर्थिक तथा वित्तीय तथ्याङ्कले नेपालको अर्थतन्त्र विरोधाभासपूर्ण देखिएको छ । देशको बाह्य अर्थतन्त्र इतिहासै मजबुत अवस्थामा हुँदा आन्तरिक अर्थतन्त्रमा भने विरोधाभासपूर्ण अवस्था देखिएको हो । 

१२. विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप