कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
सारांश
- सरकारले सरकारी कर्मचारीहरूलाई गाडी किन्न ६० लाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिन प्रस्ताव गरेको छ ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको निर्देशिकामा मुख्यसचिव र सचिवलाई ६० लाखसम्म, सहसचिवलाई ५० लाख र उपसचिवलाई ४० लाखसम्मको गाडी किन्न ब्याज अनुदान दिने प्रस्ताव छ ।
- यसबाहेक शाखा अधिकृत तहका कर्मचारीलाई ४ लाखसम्म र सोभन्दा सानो तहका कर्मचारीलाई २ लाखसम्मको दुई पाङ्ग्रे सवारी साधन किन्न अनुदान उपलब्ध गराइने प्रस्तावमा उल्लेख छ ।
काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरूलाई गाडी किन्न ६० लाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिन प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको सकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव गरिएको हो ।
हाल रायका लागि अर्थ मन्त्रालयमा पठाइएको उक्त प्रस्तावमा मुख्यसचिव र सचिवलाई ६० लाखसम्म, सहसचिवलाई ५० लाख र उपसचिवलाई ४० लाखसम्मको गाडी किन्न ब्याज अनुदान दिने उल्लेख गरिएको छ ।
यसबाहेक शाखा अधिकृत तहका कर्मचारीलाई ४ लाखसम्म र सोभन्दा सानो तहका कर्मचारीलाई २ लाखसम्मको दुई पाङ्ग्रे सवारी साधन किन्न अनुदान उपलब्ध गराइने प्रस्तावमा उल्लेख छ ।
यसरी सवारी साधन किन्दा कम्तीमा २० प्रतिशत डाउन पेमेन्ट कर्मचारी स्वयंले तिर्नु पर्नेछ। बाँकी ८० प्रतिशतका हकमा भने मासिक किस्ता रकम मात्रै तिर्दै जानू पर्नेछ । ब्याज रकम भने सरकारले तिरिदिने प्रस्ताव गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण