विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
रोचक कुरा त अहिलेसम्म कुनै पनि देशले विदेशी प्रशिक्षकको नेतृत्वमा विश्वकप जितेको छैन । सबै विजेता टोलीहरू आफ्नै देशका प्रशिक्षकद्वारा निर्देशित भएका छन् । यो तथ्य ९२ वर्षदेखि निरन्तर कायम छ । विश्वकप प्रारम्भ भएको ९६ औँ बर्षमा जारी यो विश्वकपमा जर्मन प्रशिक्षक टुचेलले इंग्ल्यान्डलाई के गराउलान् ?
त्यसैगरी यसअघिका २२ विश्वकपहरूमा २१ फरक प्रशिक्षकहरूले उपाधि जितेका छन् । केवल भिटोरियो पोज्जो (इटाली)ले मात्र दुई पटक लगातार सन् १९३४ र १९३८ को विश्वकप जिताएका थिए । पहिलो इटालीमा र दोस्रो फ्रान्समा । त्यसो त यस विश्वकपमा फ्रान्सका प्रशिक्षक डिडिएर डेस्चाम्प्स र अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले एक एक पल्ट विश्वकप जितिसकेका छन् । उनीहरू दुवै पोज्जोको कीर्तिमान पछ्याउँदै छन् ।
यस अर्थमा अब ‘ला रोजा’का लागि लुइस दे ला फुएन्तेले उपाधि उचाले मात्र प्रशिक्षकको हकमा नयाँ कथा रचिने छैन । जे होस् नेपाली समयानुसार बुधबार र बिहीबार राति हुने दुई सेमिफाइनल भिडन्तले दुई फुटबल गुरुको विश्वकप उपाधि यात्रा कम्तीमा चार वर्षको लागि पछाडि धकेलिदिनेछ भने बाँकी दुईको सपना दुई दिनलाई तन्काइदिनेछ र तीमध्ये एकजनाले प्रतिष्ठित सुनौलो कप उचाल्नेछन् ।
खैर, विश्वकप फुटबलले फुटबल गुरुहरूको विरासतको अलग्गै इतिहास कोरिदिएको छ । कस्तो छ यस विरासतको दृष्टान्त ? हामी यहाँ विस्तृतमा चर्चा गर्नेछौँ ।
विश्वकप विजेता प्रशिक्षकहरू (१९३०–२०२२)
हासम्मका विश्वकप विजेता प्रशिक्षकहरू (१९३०–२०२२)को पूर्ण सूची यस्तो छः
वर्ष विजेता देश प्रशिक्षक राष्ट्रियता
१९३० उरुग्वे अल्बर्टो सुपिची उरुग्वे
१९३४ इटाली भिटोरियो पोज्जो इटाली
१९३८ इटाली भिटोरियो पोज्जो इटाली
१९५० उरुग्वे जुआन लोपेज फन्टाना उरुग्वे
१९५४ पश्चिम जर्मनी सेप्प हेरबर्गर जर्मनी
१९५८ ब्राजिल भिसेन्टे फेओला ब्राजिल
१९६२ ब्राजिल आयमोर मोरेइरा ब्राजिल
१९६६ इङ्ग्ल्यान्ड अल्फ राम्से इङ्ग्ल्यान्ड
१९७० ब्राजिल मारियो जागालो ब्राजिल
१९७४ पश्चिम जर्मनी हेल्मुट शोन जर्मनी
१९७८ अर्जेन्टिना सेजार लुइस मेनोत्ति अर्जेन्टिना
१९८२ इटाली एनजो बेआर्जोट इटाली
१९८६ अर्जेन्टिना कार्लोस बिलार्दो अर्जेन्टिना
१९९० पश्चिम जर्मनी फ्रान्ज बेकेनबाउर जर्मनी
१९९४ ब्राजिल कार्लोस अल्बर्टो परेइरा ब्राजिल
१९९८ फ्रान्स ऐमे जाक्वेट फ्रान्स
२००२ ब्राजिल लुइज फेलिपे स्कोलारी ब्राजिल
२००६ इटाली मार्सेलो लिप्पी इटाली
२०१० स्पेन भिसेन्टे डेल बोस्के स्पेन
२०१४ जर्मनी योआखिम लो जर्मनी
२०१८ फ्रान्स डिडिएर डेस्चाम्प्स फ्रान्स
२०२२ अर्जेन्टिना लियोनेल स्कालोनी अर्जेन्टिना
यसपाली अर्जेन्टिनाले विश्वकप उचालेमा स्कोलानी पनि लगातार दोश्रोपल्ट विश्वकप विजेता प्रशिक्षक बन्नेछन् ।
अर्को अनौठो संयोग के छ भने मारियो जागालो (ब्राजिल), फ्रान्ज बेकेनबाउर (जर्मनी) र डिडिएर डेस्चाम्प्स (फ्रान्स) गरी तीन जनाले खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जितेका छन् । अहिलेका फ्रान्सेली प्रशिक्षकले 'ले ब्लुज'का लागि खेलाडीका रुपमा १९९८को विश्वकप जितेका थिए ।
विश्वकप विजेता प्रशिक्षकको उपाधि अघि र पछि राष्ट्रिय टिमसँगको संग्लग्नता
केही प्रशिक्षकहरू उपाधि जितेपछि पनि निरन्तर टिम सम्हालिरहे । उदाहरणका लागि कतार विश्वकप २०२२ उचालेका लियोनेल स्कालोनीले अहिले पनि ‘अलबिसेलेटे’लाई हाकिँरहेका छन् भने विश्वकप २०२८ उचालेका तथा २०२२को फाइनल भिडेका डिडिएर डेस्चाम्प्सले फ्रान्सलाई सम्हालिरहेका छन् ।
त्यसैगरी योआखिम लोले जर्मनीका लागि २०१४को उपाधि जितेपछि पनि २०२१ सम्म टोलीलाई सम्हालिरहेका थिए ।
तर कतिपय प्रशिक्षकहरू भने उपाधि जितेपछि छिट्टै पदबाट हटे वा राजीनामा दिए । जस्तैः मार्सेलो लिप्पीले इटालीलाई २००६ को उपाधि जिताएपछि तुरुन्तै राजीनामा दिए । उनी पछि फेरि २००८–२०१० को कार्यकालको लागि टोली सम्हाल्न फर्किएका थिए । ऐमे जाक्वेटले पनि फ्रान्सका लागि १९९८ को उपाधि जितेपछि पद छाडेका थिए ।
अर्जेन्टिनाका कार्लोस बिलार्दोले १९८६ को विश्वकप जित्दै १९९० सम्म नै यस जिम्मेवारीमा निरन्तरता पाए, तर टीमलाई फ़ाइनलसम्म लगे पनि उपाधि भने बचाउन सकेनन् ।
केही प्रशिक्षकहरूले उपाधि उचाल्नुभन्दा अघि पनि लामो समय टिम सम्हालेका थिए । सेप्प हेरबर्गर जर्मनीको लागि १९५४ को उपाधि उचाल्नु अघि नै लामो समयदेखि टिमसँग थिए । भिटोरियो पोज्जो ले पनि इटालीका लागि दोहोरो विश्वकप उपाधि जित्दा निरन्तरता कायम राखेका थिए ।
विश्वकप विजेता प्रशिक्षकहरूको कार्यकाल विवरण (१९३०–२०२२) :
वर्ष विजेता प्रशिक्षक उपाधि भन्दा अघि उपाधि पछि
१९३० उरुग्वे अल्बर्टो सुपिची १९२६–१९३० १९३०–१९३५
१९३४ इटाली भिटोरियो पोज्जो १९२९–१९३४ १९३४–१९४८
१९३८ इटाली भिटोरियो पोज्जो निरन्तर निरन्तर
१९५० उरुग्वे जुआन फन्टाना १९४६–१९५० १९५०–१९५२
१९५४ पश्चिम जर्मनी सेप्प हेरबर्गर १९३६–१९४२, १९५०–१९५४ १९५४–१९६४
१९५८ ब्राजिल भिसेन्टे फेओला १९५५–१९५८ १९५८–१९६६
१९६२ ब्राजिल आयमोर मोरेइरा १९६१–१९६२ १९६२–१९६४
१९६६ इङ्ग्ल्यान्ड अल्फ राम्से १९६३–१९६६ १९६६–१९७४
१९७० ब्राजिल मारियो जागालो १९६७–१९७० १९७०–१९७४
१९७४ पश्चिम जर्मनी हेल्मुट शोन १९६४–१९७४ १९७४–१९७८
१९७८ अर्जेन्टिना सेजार मेनोत्ति १९७४–१९७८ १९७८–१९८२
१९८२ इटाली एनजो बेआर्जोट १९७५–१९८२ १९८२–१९८६
१९८६ अर्जेन्टिना कार्लोस बिलार्दो १९८३–१९८६ १९८६–१९९०
१९९० पश्चिम जर्मनी फ्रान्ज बेकेनबाउर १९८४–१९९० १९९०
१९९४ ब्राजिल कार्लोस अल्बर्टो परेइरा १९९१–१९९४ १९९४
१९९८ फ्रान्स ऐमे जाक्वेट १९९४–१९९८ १९९८ (राजीनामा)
२००२ ब्राजिल लुइज फेलिपे स्कोलारी २००१–२००२ २००२
२००६ इटाली मार्सेलो लिप्पी २००४–२००६ राजीनामा २००८–२०१० फर्किए
२०१० स्पेन भिसेन्टे डेल बोस्के २००८–२०१० २०१०–२०१६
२०१४ जर्मनी योआखिम लो २००६–२०१४ २०१४–२०२१
२०१८ फ्रान्स डिडिएर डेस्चाम्प्स २०१२–२०१८ २०१८–हालसम्म
२०२२ अर्जेन्टिना लियोनेल स्कालोनी २०१८–२०२२ २०२२–हालसम्म
विश्वकप जित्नु प्रशिक्षकको सफलताको सबैभन्दा ठूलो उपलब्धि मानिए पनि त्यसपछि उनीहरूको कार्यकाल भने निकै फरक–फरक रहेको देखिन्छ । तथ्यांकअनुसार सबैभन्दा लामो समय राष्ट्रिय टोलीको नेतृत्व गर्ने विश्वकप विजेता प्रशिक्षक सेप्प हेरबर्गर हुन् ।
उनले दुई कार्यकाल (१९३६–१९४२ र १९५०–१९६४) गरी करिब २० वर्ष पश्चिम जर्मनीको नेतृत्व गरे । त्यसपछि भिटोरियो पोज्जोले इटालीको प्रशिक्षकका रूपमा १९ वर्ष (१९२९–१९४८) र योआखिम लोले जर्मनीको प्रशिक्षकका रूपमा १५ वर्ष (२००६–२०२१) काम गरे । हाल फ्रान्सका डिडिएर डेस्चाम्प्सले सन् २०१२ देखि निरन्तर टोली सम्हालिरहेका छन् भने अर्जेन्टिनाका लियोनेल स्कालोनीले सन् २०१८ यता नेतृत्व गरिरहेका छन् ।
अर्कोतर्फ, केही प्रशिक्षकको कार्यकाल भने विश्वकप जितेलगत्तै टुंगिएको थियो । फ्रान्ज बेकेनबाउर (१९९०), कार्लोस अल्बर्टो परेइरा (१९९४), ऐमे जाक्वेट (१९९८), लुइज फेलिपे स्कोलारी (२००२) र मार्सेलो लिप्पी (२००६) ले उपाधि जितेपछि तत्कालै वा एक वर्षभित्रै पद छाडेका थिए । यसले विश्वकप जितेपछि पनि प्रशिक्षकको भविष्य राष्ट्रिय फुटबल संघको नीति, व्यक्तिगत निर्णय र नयाँ चुनौतीका आधारमा फरक–फरक हुने देखाउँछ ।
विजेता प्रशिक्षकहरूको उपाधि अघि र पछिका चरणगत उपलब्धि
अल्बर्टो सुपिचीले उरुग्वेको लागि १९३०मा विश्वकप उपाधि उचाल्नु अघि कुनै ठुलो प्रतियोगिता थिएन । त्यसपछि उनले फेरि १९३५ को कोपा अमेरिका जिते । भिटोरियो पोज्जोले पनि दोहोरो विश्वकप उचाल्नुअघि इटालीलाई १९३० विश्वकपमा पठाए तर उपाधि जितेनन् । उपाधि पछि १९४८ सम्म निरन्तरता पाएपनि तर दोस्रो विश्वयुद्धका कारण अन्तर्राष्ट्रिय फुटबल गतिविधि रोकिएको थियो ।
त्यसैगरी जुआन लोपेज फन्टानाले १९५०को विश्वकप उपाधि अघि कोपा अमेरिकामा सफल भएका थिए । विश्वकपपछि १९५२ सम्म टिम सम्हाले पनि अरु ठूलो उपलब्धि हात लागेन । सेप्प हेरबर्गरले जर्मनीका लागि १९५४को विश्वकप उपाधि जित्नु अघि १९३८ मा जर्मनीलाई पहिलो राउन्डसम्म पुर्याएका थिए । उपाधि पछि १९६२ सम्म टिम सम्हाल्दै गर्दा १९५८ मा ग्रुप चरण पार गराएका थिए ।
त्यस्तै भिसेन्टे फेओलाले ब्राजिलका लागि १९५८को उपाधि जित्नु अघि ब्राजिललाई १९५४ मा क्वार्टरफाइनल सम्म पुर्याएका थिए भने उपाधि पछि १९६६ मा ग्रुप चरणमै बाहिरिनुपर्यो । ब्राजिलका लागि १९६२को उपाधि जित्नु अघि आयमोर मोरेइरा १९५८ मा सहायक प्रशिक्षक थिए । उनीपनि उपाधि पछि १९६६को विश्वकपमा ग्रुप चरणमै बाहिरिए ।
अल्फ राम्सेले इङ्ग्ल्यान्डका लागि १९६६को उपाधि उचाल्नुअघि १९६२ मा क्वार्टरफाइनलसम्म तथा उपाधि पछि १९७० मा पनि क्वार्टरफाइनलसम्म नै पुर्याएका थिए । मारियो जागालोले ब्राजिलका लागि १९७०को उपाधि जित्नु अघि १९६६ मा खेलाडीको रूपमा सहभागी थिए । पछि प्रशिक्षकको रूपमा १९७४ मा ब्राजिललाई क्वार्टरफाइनलसम्म पुर्याए ।
हेल्मुट शोनले जर्मनीलाई १९७४को उपाधि दिलायनु अघि १९६६ मा फाइनलसम्म पुर्याए भने १९७० मा सेमिफाइनल सम्म । उपाधिपछि भने उनको जर्मनी १९७८ ग्रुप चरणमै बाहिरिएको थियो ।
सेजार लुइस मेनोत्तिले अर्जेन्टिनाका लागि १९७८को उपाधि जित्नु अघि १९७४ मा ग्रुप चरण तथा उपाधि पछि १९८२ मा दोस्रो समूह चरणसम्म पुर्याएका एका थिए । एनजो बेआर्जोटले १९८२को उपाधिभन्दा अघि इटालीलाई १९७८ मा दोस्रो समूह चरण सम्म तथा उपाधि पछि १९८६ मा राउन्ड अफ १६ सम्म पुर्याए ।
कार्लोस बिलार्दोले १९८६को उपाधिभन्दा अघि अर्जेन्टिनालाई १९८२ मा दोस्रो समूह चरण तथा उपाधि पछि १९९० मा फाइनलसम्म पुर्याए । फ्रान्ज बेकेनबाउरले १९९० को उपाधिभन्दा अघि जर्मनीलाई १९८६ मा फाइनल सम्म पुर्याएका थिए । कार्लोस अल्बर्टो परेइराले ब्राजिललाई १९९४मा उपाधि दिलाउनुअघि १९८२ मा ग्रुप चरण तथा उपाधिपछि १९९८ मा राउन्ड अफ १६ सम्म पुर्याए ।
ऐमे जाक्वेटले फ्रान्सलाई १९९८को विश्वकप उपाधिभन्दा अघि १९९६ मा युरो सेमिफाइनल पुर्याएका थिए । लुइज फेलिपे स्कोलारी ब्राजिललाई, २००२ को उपाधिभन्दा एक वर्षअघि टिम सम्हालेका थिए भने उपाधिपछि २००६ मा क्वार्टरफाइनलसम्म पुर्याए ।
२००४ मा टिम सम्हालेका मार्सेलो लिप्पीले इटालीलाई २००६को उपाधि दिलाए । २०१० मा उनको टिम ग्रुप चरणबाटै बाहिरियो । भिसेन्टे डेल बोस्केले स्पेनलाई २०१०को विश्वकप दिलाउनु जिताएका थिए भने पछि २०१४ मा उनको टिम ग्रुप चरणमै बाहिरियो । योआखिम लोले जर्मनीलाई २०१४को विश्वकप जिताउनु २०१० मा सेमिफाइनल पुर्याएका थिए भने २०१८ मा ग्रुप चरणमै बाहिरिनुपरेको थियो ।
डिडिएर डेस्चाम्प्सले फ्रान्सलाई २०१८ को विश्वकप उपाधि दिलाउनुअघि २०१४ मा क्वार्टरफाइनल तथा उपाधिपछि २०२२ मा फाइनलसम्म पुर्याएका थिए । अहिले सेमिफाइनल भिड्दैछन् । त्यस्तै लियोनेल स्कालोनीले अर्जेन्टिनालाई २०२२को विश्वकप दिलाउनुअघि २०१९ मा कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग हारे तर २०२१ मा ब्राजिललाई हराउँदै पहिलो ठुलो उपाधि दिलाए । उनले विश्वकपपछि २०२४ मा पुनः कोपा जिताएर आफ्नो प्रशिक्षकत्वलाई ऐतिहासिक बनाएका छन् । अझै फेरि विश्वकप उपाधिको दाबेदार छन् ।
विश्वकप विजेता प्रशिक्षकहरूको उपाधि भन्दा अघि र पछि सबै प्रमुख प्रतियोगितामा प्रदर्शन


अब हेरौं, केही दिन मात्रै छ, प्रशिक्षकको विरासतको कस्तो कथा कोर्नेछ यस विश्वकपले ? अलबिसेलेटे, ले ब्लुज, थ्रि लायन्स अथवा ला रोजा ? चाहे जुनसुकै टीमले उपाधि किन नउचालोस्, त्यस उपलब्धिको असली हिस्सेदार भनेको टिमकै प्रशिक्षक हुनेछन् । र, यी चारै प्रशिक्षक एक कुशल गुरुका रूपमा उपाधिको उत्तिकै दाबेदार पनि देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण