आफ्नै देशमा जानकी जन्मिएको भारतको दाबी, मन्दिर पुनर्विकासमा खन्यायो बजेट
सारांश
- भारतका गृहमन्त्री अमित शाहले सीतामढीस्थित जानकी मन्दिरको पुनर्विकास परियोजनाको शिलान्यास गरे।
- भारतले मन्दिर परिसरको विकासका लागि ८८२.८७ करोड रुपैयाँ बजेट अनुमोदन गरेको छ, जसमा पर्यटनमा खर्च हुनेछ।
- मन्त्रीहरूले यस कदमलाई ऐतिहासिक र धार्मिक पर्यटनलाई बढावा दिने कदमका रूपमा प्रशंसा गरे, जसले नेपाललाई चुनौती दिन्छ।
काठमाडाैँ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले शुक्रबार बिहारको सीतामढी जिल्लास्थित पुनौरा धाममा जानकी मन्दिरको पुनर्विकास परियोजनाको शिलान्यास गरेका छन् । जुन क्षेत्रलाई भारतले माता जानकीको जन्मस्थल मान्दै आएको छ ।
भारतको राज्य मन्त्रिपरिषद्ले जुलाई १ मा मन्दिर परिसरको एकीकृत विकासका लागि ८८२ दशमलव ८७ करोड रुपैयाँ बजेट अनुमोदन गरेको थियो ।
अधिकारीहरूका अनुसार कुल रकममध्ये १३७ करोड रुपैयाँ भारु पुरानो मन्दिर र यसको परिसरको विकासमा खर्च गरिनेछ भने ७२८ करोड रुपैयाँ पर्यटनसँग सम्बन्धित गतिविधिहरूमा प्रयोग गरिनेछ ।
केन्द्रीय मन्त्रीहरू गिरिराज सिंह र चिराग पासवानले केन्द्रीय गृहमन्त्री शाह र बिहारका मुख्यमन्त्री नीतिश कुमारद्वारा सीतामढीको उक्त धाममा जानकी मन्दिरको निर्धारित शिलान्यास समारोहलाई ‘ऐतिहासिक’ भन्दै प्रशंसा पनि गरे ।
पत्रकारहरूसँग कुरा गर्दै भारतीय गृहमन्त्री सिंहले सिंहले भने, ‘गत वर्ष सीतामढीको भूमिमा केन्द्रीय गृहमन्त्री अमित शाहले भन्नुभएको थियो, जसरी राम मन्दिर निर्माण भयो, अब सीता माताको मन्दिर पनि बन्नेछ । केन्द्रीय गृहमन्त्री अमित शाह र बिहारका मुख्यमन्त्री नीतिश कुमारले मन्दिरको भूमि पूजन गर्नुहुनेछ । यो ऐतिहासिक हो ।’
मन्त्री पासवानले पनि यस कदमको स्वागत गर्दै यस पहललाई लामो समयदेखिको सपनाको पूर्ति र राज्यमा धार्मिक पर्यटनलाई बढावा दिने एक प्रमुख कदमको रूपमा वर्णन गरेका थिए ।
मन्दिर पुनर्विकासबारे गृहमन्त्री शाहले शनिबार एक्समा भिडियो पोस्ट गर्दै लेखेका छन् – ‘हिजो, मलाई बिहारको सीतामढीमा रहेको माता सीताको जन्मस्थल पुनौरा धाममा रहेको भव्य र दिव्य मन्दिरको भूमिपूजन गर्ने सौभाग्य मिल्यो ।’
उनले सीतामढी दिल्ली अमृत भारत एक्सप्रेस रेलको पनि भर्चुअल रूपमा पनि झण्डा देखाएर शुभारम्भ गरेका थिए ।
भारत सरकारले बिहारस्थित पुनौरा धामलाई जानकीको जन्मस्थलको रूपमा मान्यता दिन थालेको यकिन मिति तथा ऐतिहासिक सरकारी निर्णय दस्ताबेजमा उल्लेख छैन । तर पछिल्ला केही दशकमा बिहार सरकारले यो मान्यतालाई मजबुत रूपमा अघि सारेको छ ।
खासगरी भारतले सन् २०२३ तिर यो स्थललाई जोडतोडका साथ जानकीको जन्मथलो मान्दै यस स्थानको उन्नयन र पुनर्विकासमा नाममा बजेट खर्चिँदै आइरहेको छ । यद्यपि पुनौरा धामलाई भारतले रामायण सर्किटअन्तर्गत भने समावेश गर्ने निर्णय गरेको थियो ।
भारतको यस कदमले नेपालको जनकपुरधामस्थित जानकी मन्दिर र यसको ऐतिहासिक पक्षलाई भने खुला चुनौती दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण