छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
आइतबार, २५ साउन २०८२, १६ : ३५
सारांश
- शनिबार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ।
- रामेछाप, दाङ, महोत्तरी, सप्तरी र सर्लाहीमा भएका दुर्घटनामा व्यक्तिहरूको मृत्यु भएको हो।
- प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
- रामेछाप, खाँडादेवी गाउँपालिका-४ पुचिघाटस्थित सडकमा बेनीबाट सित्खातर्फ आउँदै गरेको ना.६ त ९५९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिनेश माझीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको दिलश्री मेडिकल मन्थलीमा उपचार भइरहेको छ ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ दुधराशस्थित सडकमा लु.प्र.०२-००१ प ११२१ नम्बरको मोटरसाइकल र लु. ३४ प ५४०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा लु.३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका-५ बस्ने ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु प्र.०२-००१ प ११२१ नम्बरको मोटरसाइकल चालकको सिटी हस्पिटल तुलसीपुरमा उपचार भइरहेको छ ।
- महोत्तरी, मनरा शिसवा नगरपालिका-४ स्थित सडकमा बीआर ०६ बिके ४७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी गाउँपालिका-६ बस्ने ५० वर्षीया मोमिना खातुनको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका-६ महुली बजारस्थित सडकमा जण्डोलबाट कञ्चनपुरतर्फ जाँदै गरेको बा.३२ प ३६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कञ्चनरूप नगरपालिका-११ गिदहा बस्ने ३२ वर्षीया शशिकला चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- सर्लाही, हरिवन नगरपालिका-१० सुखेपोखरीस्थित सडकमा प्र.२-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१० ताइवान बस्ने दिनेश बुढाथोकीकी छोरी १५ वर्षीया दीपिका बुढाथोकीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण