विश्व आदिवासी दिवस बेल्जियममा भव्यताका साथ सम्पन्न
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमको आयोजना र बेल्जियम स्थित महासङ्घमा आबद्ध मातृ संस्थाहरूको सह आयोजकत्वमा सुन्दर नगरी लुभेनमा भव्यताका सम्पन्न भएकाे छ ।
३१ औँ विश्व आदिवासी शुक्रबार(दिवस अगष्ट ९) अधिकार सहितको पहिचान, नेपाल आदिवासी जनजाति महासंघको साझा अभियान” भन्ने नाराको साथ नेफिन बेल्जियमको आयोजना र बेल्जियम स्थित महासङ्घमा आवद्ध मातृसंस्थाहरूको सह आयोजकत्वमा कार्यक्रममा बेल्जियम स्थित कला साहित्य पत्रकार खेलकूद क्षेत्रीय जातीय बैचारिक संघ संस्थाको प्रतिनिधि मुलक उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्र सङ्घको यस वर्षको नारा “प्राकृतिक श्रोत जल ,जमिनर जंगलमा संयुक्त आदिवासीको अधिकार सुनिश्चित गर ,आईएल ओ १६९ अनुरूप सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर “भन्ने मूल नारा सहितको कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधि रमेश गैरेले आदिवासी जनजातिको कार्यक्रम सरिक भई शुभकामना दिन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।
उनले संस्कृति जगेर्ना गर्न आफ्नो घर भित्र परिवारबाट लागेमा पुस्तान्तरण र संरक्षण हुने बताए ।आफ्नो जातीय भाषा संस्कार संस्कृतिको संवर्द्धन प्रवर्द्धन राष्ट्रिय गौरवको विषय भएको र यसका लागि महासङ्घले कार्यक्रम अगाडी बढाइरहेकोमा विशेष धन्यवाद ज्ञापन गरे ।
त्यसैगरी अनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटाले महासङ्घसँग सधैँ हातेमालो सहकार्य गर्दै निरन्तर अगि बढिरहने प्रतिबद्धता व्यक्त गरिन् , नेपाली समाज सधैँ एक ढिक्का भएक प्रक्रियागत ढङ्गले अगाडी बढ्छ ।
केही विवाद जस्तो देखिएता पनि सामाजिक दुराशयलाई चिर्दै नीति नियम विधि विधानको पालना गर्दै एनआरएनए बेल्जियम अघि बढिरहेको हुनाले कोही पनि भ्रमित नहुनका निम्ति आग्रह गरिन् ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट नेफिन निवर्तमान अध्यक्ष वीर मान घर्ती मगरले नेफिनको गठन र विश्व आदिवासी दिवस ९ अगस्टको विषयमा संक्षिप्त उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण