रुपन्देही ३ उपनिर्वाचन : रास्वपाले सोमबार प्रारम्भिक उम्मेदवारकाे नामावली प्रकाशन गर्ने
काठमाडौँ । आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारसँगको छलफल अघि बढाएको छ । आइतबार (रास्वपा)ले उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल गरेको छ ।
सोमबार उम्मेदवारहरूकाे प्रारम्भिक नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । आवेदन दिएका व्यक्तिहरुको नामावली रास्वपाले साउन २३ गते सार्वजनिक गरेको थियो ।
साउन ७ देखि २१ गतेसम्म पार्टीले खुलाएको आवेदनमा उनीहरूले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए ।
आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा. लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण