शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

आइतबार, २५ साउन २०८२, २१ : ३०
आइतबार, २५ साउन २०८२

सारांश

  • सर्लाहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ र एक जना गम्भीर घाइते भएका छन्।
  • बरहथवामा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ, भने हरिवनमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार, मृतकहरुमा कबिलासी नगरपालिकाका ७० वर्षीय मोहम्मद जमिर र १४ वर्षीया दिपीका बुढाथोकी रहेका छन्।

सर्लाही ।  जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर  दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आज यहाँको बरहथवा र हरिवनमा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिर रहेका छन् ।

खोला तरेर खेतमा जाने क्रममा उनी बेपत्ता भएकामा प्रहरीसहित स्थानीयले खोजी गर्दा बरहथवा—१९ र चक्रघट्टा गाउँपालिकाको सीमास्थित लखन्देही खोला किनारमा मृत फेला परेका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । 

यसैगरी हरिवन नगरपालिका–१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार १४ वर्षीया दिपीका बुढाथोकीको मृत्यु भएको हो ।  प्रदेश ०२–०३–०१९ प ५४०८ नं को मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप