रोनाल्डोको दुई गोल व्यर्थ, अल नासर पराजित
सारांश
- प्रि-सिजन खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि अल नासर यूडी अल्मेरियासँग पराजित भयो।
- खेलमा सुरुवाती अग्रता अल्मेरियाले लिएको थियो, तर रोनाल्डोले दुई गोल गर्दै खेललाई बराबरीमा ल्याए।
- दोस्रो हाफमा रोनाल्डो बाहिरिएपछि अल्मेरियाले थप गोल गर्दै खेल जित्यो, जसमा एम्बार्बाको निर्णायक गोल थियो।
रियाद । स्पेनको ला लिगा २ क्लब यूडी अल्मेरियासँगको प्रि–सिजन मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोल पनि अल नासरलाई जित दिलाउन पर्याप्त भएन।
आइतबार राति भएको खेलमा पोर्चुगाली स्ट्राइकरले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा मैदान छोडेपछि साउदी प्रो लिग क्लब २–३ गोलले पराजित भयो।
खेलको सुरुवाती छ मिनेटमै लियो बाप्तिस्टाओको पासबाट सर्जियो अरिबासले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाए। यद्यपि, आक्रमणमा खासै प्रभाव देखाउन नसकेको अल नासरले आयमन याह्या र साडियो मानेको संयोजनमा बनेको सुन्दर वन–टच पासमार्फत रोनाल्डोले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै खेल बराबरीमा ल्याए।
रोनाल्डोले व्यक्तिगत दोस्रो गोल भने पेनाल्टीमार्फत गरे। विपक्षी गोलकिपर अल्भारो फर्नान्डेजले बल क्लियर गर्ने क्रममा पेनाल्टी क्षेत्रमा रोनाल्डोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए, जुन उनले सजिलै गोलमा परिणत गरे। यससँगै रोनाल्डोले दुई खेलमा व्यक्तिगत गोल सङ्ख्या पाँच गोल पुर्याए।
तर, अल नासरका गोलकिपर नवाफ अल–आकिदीले पनि एक भूल गरे। बक्स बाहिर निस्केर बल क्लियर गर्ने क्रममा उनले एड्रियन एम्बार्बालाई पास दिए, जसले खाली पोस्टमा लफ्ट गर्दै गोल गरे।
रोनाल्डो बाहिरिएपछि दोस्रो हाफमा एम्बार्बाले अरिबासको पासमा दोस्रो व्यक्तिगत तथा टोलीको तेस्रो गोल गर्दै अल्मेरियाको जित पक्का गरे। जोआओ फेलिक्सले अन्तिम क्षणमा बराबरीको मौका पाए पनि सदुपयोग गर्न नसक्दा अल नासर पराजित भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण