जर्मनीमा ‘नेपाली रूट्स सम्मेलन २०२५’ सम्पन्न
सारांश
- जर्मनीमा नेपालीहरूको वार्षिक भेला 'नेपाली रूट्स सम्मेलन २०२५' म्युनिखमा सम्पन्न भयो।
- कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूतले नेपाल-जर्मनी सहकार्यको सम्भावनाबारे चर्चा गरे।
- वरिष्ठ वैज्ञानिक डा. महेश्वर रुपाखेतीले जलवायु परिवर्तन र समाधानबारे प्रकाश पारे।
म्युनिख । जर्मनीमा विभिन्न पेसामा आबद्ध नेपालीहरूको वार्षिक भेला ‘नेपाली रूट्स सम्मेलन २०२५’ अगस्ट ९ मा म्युनिखमा उत्साहपूर्वक सम्पन्न भएको छ ।नेपाली रूट्स इभीले आयोजना गरेको कार्यक्रममा जर्मनीका विभिन्न सहरमा कार्यरत ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरू सहभागी थिए।
कार्यक्रममा जर्मनीस्थित नेपालका राजदूत डा. शैल रुपाखेतीले विशेष सम्बोधन गर्दै जर्मनीमा रहेका नेपाली पेसागत समुदायको ज्ञान, सीप र सञ्जाललाई नेपाल–जर्मनी सहकार्यमा प्रयोग गर्न सकिने सम्भावनामा जोड दिए।
प्रमुख वक्ता जर्मनीका वरिष्ठ जलवायु तथा वायुमण्डलीय वैज्ञानिक तथा अनुसन्धान समूह प्रमुख डा. महेश्वर रुपाखेतीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए पनि जलवायु परिवर्तनका गम्भीर प्रभाव भोगिरहेको उल्लेख गरे । उनले जलवायु वित्त, संस्थागत सुदृढीकरण, प्राविधिक क्षमता विकास र प्रवासी समुदायको सक्रिय सहभागिताद्वारा नेपाललाई जलवायु–सहनशील बनाउन आह्वान गरे।
यसैगरी जिआइजेट नेपालका सौरभ कोइरालाले संस्थागत साझेदारी र दिगो विकासका लागि ज्ञान–विनिमयको महत्वबारे धारणा राखे। कार्यक्रममा अध्यक्ष डा. कृतन गौतमको अध्यक्षतामा डा. यज्ञ अधिकारी, रञ्जना बुढाथोकी, रवीन्द्र घिमिरे, दिनेश पौडेल, प्रकाश सुवेदी, सन्दीप बाँस्तोला लगायत वक्ताहरूले आफ्नो विचार राखेका थिए।
समापन सत्रमा अध्यक्ष डा. गौतमले सबै वक्ता, सहभागी तथा साझेदार संस्थाप्रति आभार व्यक्त गर्दै सम्मेलनलाई जर्मनीमा नेपाली पेसागत समुदायको साझा ज्ञान, सहकार्य र अवसर सृजनाको थलो”को रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले आगामी वर्ष पनि यस्तै सम्मेलन आयोजना गर्ने घोषणा गर्दै, यस वर्षका अनुभव र सिफारिसलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण