बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा नेपथ्यले दियो प्रस्तुति
सारांश
- नेपथ्यले बेलायतको वेम्बली एरिनामा प्रस्तुति दिँदै करिब १० हजार दर्शकको मन जित्यो।
- कन्सर्ट 'कोशीको पानी' बाट सुरु भई लोकप्रिय गीतहरू प्रस्तुत गरियो, जसमा गायक अमृत गुरुङले नेपाली संस्कृतिलाई उजागर गरे।
- कार्यक्रम नेपाली संगीत इतिहासमा बन्द हलभित्र सबैभन्दा धेरै दर्शकको उपस्थिति भएको प्रस्तुति बन्यो, र अब युरोप टुर हुनेछ।
बेलायत । नेपथ्यले बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा आफ्नो प्रस्तुति दिएको छ। १२ वर्षअघि सोही हलमा मानक स्थापित गरेको ब्यान्डले यसपटक झन् ठूलो सफलता हात पार्दै स्थानीय समयअनुसार शनिबार बेलुकी करिब १० हजार दर्शकमाझ भव्य प्रस्तुति दिएको जनाएको हो।
निर्धारित समयमा सुरु भएको कन्सर्ट ‘कोशीको पानी’ बाट आरम्भ भई ‘आँगनैभरि’ लगायतका लोकप्रिय गीत प्रस्तुत भए। गायक अमृत गुरुङले गीतसँगै नेपाली भाषा, संस्कृति र स्वदेशप्रतिको मोहलाई उजागर गर्ने मन्तव्य राख्दा दर्शकले उत्साहपूर्वक समर्थन जनाए।
दर्शकको ‘वान्स मोर’ आग्रहलाई सम्मान गर्दै ब्यान्डले अन्त्यमा ‘हिमाल चुचुरे’ पनि सुनायो। मञ्चमा अमृतलाई ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) ले साथ दिएका थिए।
नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार, यो प्रस्तुति नेपाली संगीत इतिहासमा बन्द हलभित्र सबैभन्दा धेरै दर्शकको उपस्थिति भएको हो। ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ द्वारा आयोजित यस कार्यक्रमपछि नेपथ्य युरोप टुरमा निस्कनेछ, जसअन्तर्गत कोपेनहेगन, माल्टा, लिस्बन र एन्थ्रोपेनमा प्रस्तुति दिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण