‘मान्छे दौडिने नभई प्रणाली दौडिनुपर्ने पद्धतिको विकास हुँदै छ’
सारांश
- श्रममन्त्री भण्डारीले डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रूप लिइरहेको बताए।
- मन्त्रीले नागरिकलाई सेवा प्रवाहका लागि 'प्रणाली दौडिनुपर्ने' बताए, विकास साझेदारको प्रशंसा गरे।
- सचिव डा. पुष्करले डिजिटल युगमा नयाँ डिजिटल पद्धति थप्दै श्रम चक्र डिजिटलाइजेसन गर्ने बताए।
काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नवौँ पञ्चवर्षीय योजनादेखि सोचिएको डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रूप लिइरहेको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गद उनले यस्तो बताएका हुन् । यस कार्यमा विकास साझेदार एस.डि.सि., स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानको प्रशंसा गर्दै नागरिकलाई सेवा प्रवाह गर्न ‘मान्छे दौडिने नभई प्रणाली दौडिनु पर्ने’ पद्धतिको विकास हुन लागेको बताए ।
सीमित श्रोत र साधन हुँदा हुँदै पनि श्रम संसारको प्रयोगलाई व्यापकता दिइएको र अब उप्राप्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणालीलाई प्रविधिमा हुने जानकारी दिए ।
यस्तै मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा मन्त्रालयले नयाँ डिजिटल पद्धतिहरू थप्दै अघि बढिरहेको बताए ।
सचिव डा. पुष्करले समग्र श्रम चक्रलाई डिजिटलाइजेसन गर्न ब्लुप्रिन्टको प्रयोग गरी प्रणाली निर्माणको कार्यले थप गति लिने बताए । कार्यक्रमको अध्यक्षता गरेका सचिव डा. पुस्करले स्वीस कन्ट्याक्टबाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्ताबेजहरूको कार्यान्वयनबाट व्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रूपान्तरण हुन लागेको जानकारी दिए ।
श्रम चक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै सचिव डा. पुष्करले प्राथमिकता साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अलिले लामो गृहकार्यपछि तयार भएको दस्ताबेजले समग्र श्रम क्षेत्रको समस्या समाधानको आधार बन्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण