बोलबम संस्कृतिले मधेस र काठमाडौँलाई जोड्न सफल : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसको बोलबम संस्कृतिले मधेस र काठमाडौँलाई जोड्न सफल भएको बताएका छन् ।
ओम बोलबम काँवरिया संघ काठमाडौंले आज काठमाडौँको जोरपाटीमा आयोजित ११औँ सत्यनारायण भगवानको पूजामा सहभागी आजपा अध्यक्ष साहले मधेसको बोलबम संस्कृति काठमाडौँमा स्थापित भएको बताए ।
‘शिवको पवित्र धर्ती काठमाडौँमा बोलबम संस्कृति स्थापित भएको छ । तपाईँहरू निजी सम्पत्ति खर्च गरेर शिवभक्ती, समाज एवं विश्वको कल्याणमा लाग्नुभएको छ । सत्यनारायण, सरस्वती पूजा, छठ पर्व, लक्ष्मी पूजा, विश्वकर्मा पूजा, ब्रह्मबाबाको पूजा तपाई हामीले निजी सम्पत्ति खर्च गरेर पनि धर्मसंस्कृति जोगाउन सफल भएका छौं,’ साहले भने, ‘तर सरकार र राज्य यस बारेमा मौन छ । सरकारी मान्छेहरु चाडपर्वको नाममा १३ महिनाको तलब भत्ता खाएर पनि उनीहरूले संरक्षण गर्न सकेका छैनन् ।’
मधेसमा धूमधामसँग मनाउने विभिन्न चाडपर्व अहिले काठमाडौँको पवित्र धर्तीमा पनि मनाउन थालिएको बताउँदै उनले अब आउने दिनमा मधेसको गाउँ गाउँमा ग्राम देवताको रूपमा पूजा गरिने ब्रह्मबाबाको मन्दिर पनि काठमाडौँमा स्थापना गर्न आवश्यक रहेको बताए ।
काठमाडौँमा ब्रह्मबाबाको मन्दिर नभएको बताउँदै मौलापुर नगरपालिकाले काठमाडौँमा ब्रह्मबाबाको मन्दिर स्थापना गर्न खोजेको उनले बताए ।
ओम बोलबम काँवरिया संघ काठमाडौंका अध्यक्ष रामऔतार पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा नारायण सुवेदी, सुभाष साह, विर्सेनप्रसाद कुशवाहा, सुनिल ठाकुर, रन्जु साह, बालकृष्ण सापकोटा, वीरेन्द्र ठाकुर, अर्चना झा, गौरिशंकर साह, रामायण गुप्ता, सुजल लामा लगायतको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण