मापसे गरेर होटलमै पाइलट नग्न अवस्थामा डुल्न थालेपछि...
सारांश
- इजी जेटका एक पाइलटले मापसे गरेर उडान भर्न नसक्ने अवस्थामा पुगे।
- अगस्ट ५ मा रिसोर्टमा मातेको अवस्थामा फेला परेका पाइलट फिर्ती उडान भर्ने तयारीमा थिए।
- यात्रीको सुरक्षालाई ध्यानमा राख्दै एयरलाइन्सले पाइलटलाई अनुसन्धानको दायरामा ल्याएको छ।
लन्डन । इजी जेटका एक पाइलटले मापसे (मादक पदार्थ सेवन) गरेर सारा हद पार गरेका छन् ।
अगस्ट ४ मा लन्डनबाट अफ्रिकी टापु केप भर्डेको उडानपछि ती पाइलटले एक रिसोर्टमा बसेर लामो समयसम्म मापसे गरेको बताइएको छ । मापसेपछि अगस्ट ५ को रात स्थानीय समय अनुसार २ः३० बजेतिर ती पाइलट मातेर घुमिरहेको अवस्थामा फेला परेका थिए ।
उनी अगस्ट ६ मा फिर्ती उडान भर्ने तालिकामा थिए । रिसोर्टमा मापसे गरेर सारा हद पार गरेका उनलाई केही पाहुनाले चिनेर इजी जेट एयरलाइन्स समक्ष घटनाबारे जानकारी गराएका थिए ।
रिसोर्टको रिसेप्सनतिर नग्न अवस्थामा देखिएका उनी जिमखानासम्म पनि सोही अवस्थामा पुगेका थिए ।
सोही आधारमा एयरलाइन्सले ती पाइलटलाई उडान भर्नबाट रोक लगाएको छ । इजी जेटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अब ती पाइलटले अनुसन्धानको सामना गर्नुपर्ने छ । इजी जेटका प्रवक्ताले यात्रीको सुरक्षा एयरलाइन्सको पहिलो प्राथमिकता रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण