गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान
सारांश
- तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकता प्रदान गरिएको छ।
- गाउँपालिकाको पहलमा अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरियो ।
- ठकुरी लामो समयदेखि पहिचानविहीन थिइन्, उनको परिवारबारे कसैलाई जानकारी थिएन।
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए । उनले भने, “७० वर्ष पहिला आँबुखैरेनी आउनुभएकी उहाँको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । सबैले दुर्गा ठकुरी भनेर चिन्नुहुन्थ्यो, नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेका हौँ ।”
वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए । “उहाँ कोसँग यहाँ आउनुभयो, उहाँको परिवार को हो भन्ने कसैलाई थाहा छैन । खैरेनीमा सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा मात्र ४० वर्ष बस्नुभयो ।”
बाबुआमाको पहिचान नखुलेकी महिलालाई आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण