नबिल बैंकले कमायो ७ अर्ब माथि, कति बाँड्न सक्छ लाभांश ?
सारांश
- नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड नाफा कमाएको छ।
- बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड र वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रहेको छ।
- बैंकको निष्क्रिय कर्जा ४.२७ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नबिल बैंकले ७ अर्ब भन्दा धेरै नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा ७ अर्ब १२ करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा १५.०१ प्रतिशत बढेको हो।
बैंकको व्यवसायबाट प्राप्त आम्दानी सामान्य मात्रै बढे पनि इम्पेरमेन्ट चार्जमा छुट्टाउनुपर्ने रकम घटेका कारण खुद नाफा बढेको देखिएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड बराबर गरेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी ३ अर्ब ४१ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झण्डै ७ अर्ब रुपैयाँ खर्चेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३९ करोड रुपैयाँ छुट्याएको छ, गत वर्ष यो शीर्षकमा ४ अर्ब ६२ करोड छुट्टाइएको थियो ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। यस अनुसार बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी १७.६४ रुपैयाँ बराबर हो। बैंकको प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा ४.२७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो दर ४.४५ प्रतिशत रहेको थियो । बैंकको पुँजीकोष अनुपात ११.९४ प्रतिशत, कस्ट अफ फण्ड ४.४१ प्रतिशत, बेसरेट ५.८३ प्रतिशत र ब्याजको स्प्रेडदर ३.५७ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण