अमेरिका र चीनले लम्ब्याए अतिरिक्त महसुल नलगाउने म्याद
सारांश
- अमेरिका र चीनले भन्सार सम्झौताको म्याद ९० दिन बढाएका छन्।
- यो निर्णय विद्यमान सम्झौताको अवधि सकिन लागेको बेला गरिएको हो।
- दुवै देशले एकअर्काको सामानमा लगाइएको कर अस्थायी रूपमा स्थगित गरेका थिए।
वासिङ्टन डिसी । अमेरिका र चीनले एकअर्काको देशबाट आउने सामानमाथि आफ्नो भन्सारमा अतिरिक्त महसुल नलगाउने सम्झौताको म्याद अरु ९० दिन बढाएका छन् । विद्यमान सम्झौताको अवधि सकिन लागेको बेला यो निर्णय गरिएको हो ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । आदेशले मे महिनामा दुई देशबिच भएको सम्झौतालाई कायम राखेको छ । त्यतिबेला दुवै देशले एकअर्काको देशबाट आउने सामानमा लगाइएको कर अस्थायी रूपमा स्थगित गरेका थिए ।
सम्झौताको अवधि बढाइएन भने मंगलबारदेखि उच्च कर लगाइने चेतावनी अमेरिकाले चेतावनी दिएको थियो । गत महिना भएको वार्तामा चीनले दुवै पक्षले सम्झौता कायम राख्न प्रयास गर्ने बताएको थियो । अमेरिकी अधिकारीहरूले चाहिँ आफूहरूले ट्रम्पको अन्तिम स्वीकृति पर्खिरहेको बताएका थिए । अप्रिलमा ट्रम्पले विश्वका धेरै देशहरूबाट अमेरिका आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।
त्यतिबेला चीनमाथि पनि उच्च कर लगाइएको थियो । यसको प्रतिक्रियामा चीनले अमेरिकी सामानहरूमा कर बढायो । जस्तालाई त्यस्तै गर्ने दुई देशको नीतिका कारण एउटा बिन्दुमा अतिरिक्त भन्सार महसुल तीन अङ्कमा उक्लिएको थियो ।
तर मे महिनामा भएको सम्झौता अन्तर्गत, वर्षको सुरुवातको तुलनामा अमेरिकामा प्रवेश गर्ने चिनियाँ सामानहरूमा थप ३० प्रतिशत मात्रै अतिरिक्त भन्सार महसुल लगाइयो । चीनले पनि अमेरिकी सामानहरूमा यो महसुल १० प्रतिशतमा सीमित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण