रुसले सेनाको तैनाथी बढाइरहेको छः जेलेन्स्की
किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा भेट्दैछन् । यो भेट रुस र युक्रेन बिच युद्धविराम गराउने सन्दर्भमा हुन लागेको हो ।
उक्त भेटअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनले युद्धविरामको नाटक मात्र गरिरहेको बताएका छन् । युद्धविरामको लागि वास्तवमा रुसले केही गरिनरहेका उनको भनाइ छ ।
‘आज गुप्तचर र सैन्य कमान्डबाट एउटा रिपोर्ट प्राप्त भएको थियो, जसले पुटिनले के तयारी गरिरहेका छन् भनेर बताएको छ । यो बिल्कुल स्पष्ट छ कि पुटिन न त युद्धविरामको लागि तयारी गरिरहेका छन् न त युद्ध अन्त्य गर्न नै,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा जेलेन्स्कीले लेखेका छन् ।
‘पुटिन मात्रै अमेरिकासँग हुन लागेको बैठकलाई आफ्नो व्यक्तिगत विजयको रूपमा प्रस्तुत गर्न चाहन्छन् अनि त्यसपछि युक्रेनमाथि पहिले जस्तै दबाब जारी राख्न चाहन्छन्,’ अझ अगाडि उनले लेखेका छन् । रुसीहरूलाई युद्ध अन्त्य भएपछिको अवस्थाका लागि तयारी गर्न केही भनिएको अहिलेसम्म आफूले कुनै संकेत नपाएको पनि उनले बताए ।
यसको ठीक विपरीत रुसले आफ्नो सेना र सैन्य बल तैनाथ गरिरहेको छ अनि यसले नयाँ आक्रामक सैन्य कारबाहीको तयारीलाई संकेत गरेको पनि उनले बताए । ‘यदि कसैले शान्तिको तयारी गर्छ भने, उसले यस्तो गर्दैन,’ पोस्टमा अझ अगाडि उनले लेखेका छन् ।
ट्रम्प र पुटिनबिच यस हप्ता शुक्रबार भेट्ने कार्यक्रम छ । यस बैठकको क्रममा युक्रेनको केही भाग रुसबाट फिर्ता लिने प्रयास गर्ने ट्रम्पले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण